Logo

सारा अलि खानको यो फोटो भाइरल



एजेन्सी, ७ भाद्र । बलिउड नायिका सारा अलि खान अहिले आफ्नो शरीर र फिटनेसको कारण मिडियामा छाइरहेकी छिन् । नायिका खान सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् र लगातार आफ्नो तस्वीर सेयर गर्दै आएकी छिन् । शरीर ट्रान्सफर्मेशन गरेपछि खान आफ्नो खास पहिचान बनाइरहेकी छिन् । उनका फलोअर्सले पनि धेरै प्रशंसा गरिरहेका छन् । कोरोना भाइरसको समयमा उनले आफ्ना घरमा वर्कआउट गरिरहेकी छिन् र आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेकी छिन् । यसै क्रममा नायिका खानले एक फोटो सेयर गरेकी छिन् जसलाई सर्वाधिक मन पराइएको छ ।

वास्तवमा सारा अलि खानले समुन्द्रको किनारमा रहेको एक तस्वीर सेयर गरेकी हुन्, जसमा उनले पछाडी फर्केर हेरेकी छिन् । त्यस्तै ब्लाक एण्ड ह्वाइट फोटोमा साराको कपाल चारैतिर छरिएको देखिन्छ । ह्वाइट टपमा निकै सुन्दर देखिएकी छिन् र सबैले मन पराएका छन् । उनको त्यो सुन्दर फोटोलाई धेरै मानिसले कमेन्ट गर्दे हट लेखेका छन् ।

साराले यो तस्वीर आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी हुन् । उनले नयाँ तस्वीरसँगै आफ्नो बचपनको फोटोपनि सेयर गर्दै आएकी छिन् । सारालाई फिटनेसमा साथ दिने पार्टनर उनकै भाई इब्राहिम हुन् । दुवैजना सँगै घरमा वर्कआउट गरीरहन्छन् । दिदी भाईको वर्कआउट गर्दै मस्ती गरेको भिडियो पनि सामाजिक सञ्जालमा सेयर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्