Logo

वरिष्ठ पत्रकार स्वर्गीय बलराम बानियाँको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण



काठमाडौं, ७ भाद्र । वरिष्ठ पत्रकार बलाराम बानियाँको १३ औं दिनको पुण्यतिथीमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोली गृहजिल्ला तनहुँको भानु नगरपालिका १३ मिर्लुङ्ग पुगी समवेदना प्रकट गरेको छ । आज टोली उनको घर पुगी नेपाल अमेरिका पत्रकार संघ नेजाले पठाएको ४ लाख ३१ हजार ९ सय ५१ रुपैयाँ नगद हस्तान्तरण गरेको थियो ।

महासंघका अध्यक्ष आचार्यले स्वर्गीय बानियाँका छोराछोरीलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए । १३ दिन अघि बानियाँको शव मकवानपुरमा फेला परेको थियो । उनी बागमती नदीमा खसेको भनिएको थियो ।

५० वर्षीय बानिँया तीन दशकयता नेपालको पत्रकारितामा सक्रिय थिए । उनी राजनीति र खोजी पत्रकारितामा दख्खल राख्थे । कान्तिपुर दैनिकमा सहसम्पादकका रुपमा बानियाँ कार्यरत थिए । उनी नेपाल पत्रकार महासंघका सचिव पनि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्