Logo

कोरोना पुष्टि भएको दुई घण्टामै मृत्यु



विराटनगर, भदौ ८ । विराटनगरस्थित कोशी अस्पतालमा कोरोनाको उपचार गराउँन भर्ना भएका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८का ती पुरुषको अस्पताल भर्ना गरको केहि समयमै गयराति मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

भदौ ४ गते परीक्षणका लागि दिएको रिपोर्ट आइतबार दिउँसो ३ बजे आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएको उनको केहिबेरमा निधन भएको थियो।



प्रतिक्रिया दिनुहोस्