Logo

मेयर शाक्यलाई गगनको सुझावः कोरोना रोकथामका लागि संघीय र प्रदेश सांसदसँग सहकार्य गर्नुस्



काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ काठमाडौं महानरपालिकाको ध्यानाकर्षण समेत गराएका छन् ।

आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिन सुझाव दिएका छन् ।

महानगरभित्र परीक्षणको दायर साँघुरो रहेको र कन्ट्याक्ट ट्रेसिङ पनि सुस्त भएको भन्दै यसलाई चुस्त बनाउन आवश्यक जनशक्ति थप गर्न पनि थापाले आग्रह गरेका छन् ।

अस्पतलाको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व भएपनि आइसोलेशनको जिम्मा स्थानीय सरकारको भएकाले काठमाडौंका अन्य गरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेशनको व्यवस्थापन गर्न पनि उनले अनुरोध गरेका छन् ।

यी हुन् महानगरलाई गगन थापाले दिएका सुझावहरुः

-रेडियोएनआरएनबाट



प्रतिक्रिया दिनुहोस्