काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फागुनमा नहुने निश्चित् भएको छ । कोरोनाको कहरका कारण तोकिएको मितिमा महाधिवेशन नहुने निश्चितप्रायः भएको नेताहरुले बताउन थालेका छन् ।
सभापति शेरबहादुर देउवाले दशैंसम्म कोरोना नियन्त्रण भयो जेठमा यदि भएन भने भदौको पहिलो हप्ता महाधिवेशन गर्नेगरि आन्तरिक तयारी गरेको उनीनिकट केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार १४औं महाधिवेशनमा सभापतिमा वर्तमान सभापति देउवाले उम्मेद्धावरी दिनेछन् । देउवालाई उपसभापति विमलेन्द्र निधिले पनि साथ दिने भएका छन् । यसअघि निधिले आफू सभापतिमा उम्मेद्धवारी दिनेगरि तयारीमा जुटेको बताएका थिए ।
स्रोतकाअनुसार १४औं महाधिवेशनमा देउवा उठ्ने र निधिलाई प्रधानमन्त्री बनाउन देउवा सहमत छन् । निधिले देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । उता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट भने सहमतिमा नै सभापतिको उम्मेद्धवारी दिने तयारी छ ।
त्यसकोलागि पौडेलले नै बल गरिरहेका छन् । कोइराला परिवारबाट वर्तमान महामन्त्री डा. शशांक कोइरालाले उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् । कोइराला र पौडेलमध्ये एक जना सभापतिमा लड्ने सम्भावना बलियो रहेको छ । file photo