Logo

महिलामाथि ढुंगा प्रहार गर्ने पुरुष पक्राउ



म्याग्दी, ८ भाद्र । कुटपिट गरेको अभियोगमा झिल्के भन्ने टक बहादुर गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा रघुगंगा गाउँपालिका फुलडाँडाका गोतामे पक्राउ परेका हुन् ।

गोतामेले मादक पदार्थ सेवन गरी सोही गाउँपालिका पाखापानी औला बस्ने २९ बर्षीया कल्पना बिकलाई ढुङ्गा प्रहार गरी घाइते बनाएका थिए । घाइते बिकको बेनी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यस समबन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्