Logo

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ



पर्सा,८ भाद्र । लागूऔषध मुद्दाका फरार प्रतिवादी नागेन्द्र प्रसाद कलवार पक्राउ परेका छन् । लागूऔषध गाँजारचरेश मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका बिश्रामपुरका कलवारलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साको २०७२ माघ ४ गतेको फैसलाले उक्त मुद्दामा ५ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निजकै गाउँघरमा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्