Logo

भगवान श्रीरामको दिदी भिनाजुको पुजा गर्ने यो स्थान



भगवान श्रीराम, सीता माता र रामका भाई लक्ष्मणको कहानी त सबैले सुनेका छौ । भगवान श्रीराम, उनका भाईहरु, सीता माताको हरण, लंकापति रावणको बारेमा हामी सबैलाई थाहा छ, तर थोरै मानिसहरुलाई भगवान रामको ठुली दिदी शान्ताको बारेमा थाहा छ ।

शान्ता आफ्ना ४ भाईहरुको ठुली दिदी थिइन् । राजा दशरथ र कौशल्याको छोरी शान्ता जन्म भएपश्चात अंग देशका राजा रोमपदले गोदमा लिएका थिए । शान्ताको पालनपोषण राजा रोमपद र उनकी पत्नी वर्षिणीले गरेका थिए । रानी वर्षिणी महारानी कौशल्याको बहिनी थिइन् । वा नातामा रामको सानिमा थिइन् ।

भारतमा एक त्यस्तो स्थान छ जहाँ शान्ता देवीको पुजा हुन्छ । कुल्लुबाट ५० कि.मी टाढा उनको मन्दिर छ । मन्दिरमा श्रीरामको दिदी शान्ता देवीको प्रतिमा छ र उनको साथमा पति श्रृंग ऋषिको प्रतिमा पनि विराजमान छन् ।

पौराणीक कथाअनुसार रामका भिनाजु श्रृंग ऋषि श्रृष्यश्रृंगका छोरा थिए । ऋषि श्रंष्यश्रृंग भिन्डक ले नै राजा दशरथको पुत्र कामनाको लागि कामेष्टि यज्ञ गराएका थिए । जुन स्थानमा यज्ञ गराएका थिए आज पनि उक्त स्थान सुरक्षित छ । अयोध्याबाट लगभग ३९ किमी पुर्व स्थित उक्त स्थानमा वर्तमान समयमा श्रृंष्यश्रृंग ऋषिको आश्रम छ ।

शान्ता देवीको मन्दिरमा भगवान श्रीरामसँग जोडिएका सबै उत्सवहरुको पालन ठुलो धुमधामले गरिदै आएको छ । एक प्रचलित मान्यता अनुसार, उक्त मन्दिरमा कोही गएर सत्य मनले देवी शान्ता र उनको पतिको पुजा गर्छ, उनीहरुलाई श्रीरामको आर्शिवाद प्राप्त हुनेछ । टाढा टाढाबाट मानिसहरु आएर पुजा र दर्शन गर्ने गरेका छन् ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्