काठमाडौं, ८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको लागि गठन गरिएको महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने कुरा प्रतिवेदनमा समावेश गरेको छ । कार्यदलले हालै अध्यक्षद्धय ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो । र, अर्का अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन, र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने भनेर सुझाव दिईएको छ ।
हेरौं कार्यदलको प्रतिवेदनको पूर्णपाठ