Logo

कोरोना संक्रमितको उपचारमा ‘हेलचेक्राईं’



बारा, भदौ ९ । बारामा कोरोना पोजेटिभसँग हेलचेक्राई गरिएको खबर प्राप्त भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ का प्रदिप गुप्ता (नाम परिवर्तित) लाई कोरोना पोजेटिभ भएपछि चेकजाँचमा हेलचेक्राईं गरिएको छ ।

चितवन मेडिकल कलेजबाट उनको रिपोर्ट पोजेटिभ आएपछि उनी उपचारको लागि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । गाउँपालिका अध्यक्षले बेवास्ता गरेपछि उनी जिल्ला प्रशासन कार्यलय धाएका थिए ।

पछि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको समन्वयमा पर्सा जिल्लाको अस्थाई कोभिड अस्पताल विरगंज हेल्थ केयरमा उपचारको लागि पठाइयो । तर विरगज हेल्थ केयरले बाराको कोरोना पोजेटिलाई उपचार गर्न नमानेपछि गुप्ता फेरी अन्यौलमा परे ।

फेरी गाउँपालिका अध्यक्षलाई पीडित परिवारले गुहार गरेपछि गाउँपालिका अध्यक्षले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बाराको कलैया उपमाहनगरपालिका वडा नम्वर ३ गंगापुरमा अस्थाई रुपमा बनाईएको क्वारेन्टाइनमा पठाइयो ।

दुर्भाग्यवस गंगापुर अस्थाई क्वारेनटाइनमा पनि उपचारको लागि नलिएपछि बेसाहारा गरिब गुप्ता परिवार बिच्चलीमा परेका छन् । सरकारले करोडौं बजेट कोरोनाको नाममा ब्रहमलुट गरे पनि आम गरिब समुदायमा अहिलेसम्म सरकारको कोरोनाको बजेटको अनुभुति गर्न सकेका छैनन् ।

एउटा उदाहारण मात्र हो महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पनि केहि दिन पहिला आफनो नगरपालिकाको कोरोना चेकजाँच गर्न पठाउदा बाराको विरामीको चेक नगर्ने भनेर फर्काइएको नगरप्रमुख यादवको आरोपसहितको समाचार आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्