Logo

हरियो चियापत्तीको मूल्य यो वर्षकै उच्च, किसान उत्साहित



विराटनगर । इलाम कन्यामका चिया किसान डम्बरबहादुर कटुवाल अहिले चियाको उचित मूल्य पाउँदा दंग छन् । बन्दाबन्दीले चिया विक्रीमा समस्या होला कि भन्ने चिन्तामा रहेका कटुवालजस्तै चिया किसान उद्योगले हरियो चिया प्रतिकिलो रू। ४० मै किनिदिएपछि उत्साहित भएका हुन् ।

सूर्योदय नगरपालिकाले नै किसानहरूको चियाको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिदिएको छ । केही उद्योगीले चियाको मूल्य निर्धारणलाई लिएर विरोध गरे पनि प्रशोधनविनै दार्जिलिङ जान थालेपछि चिया उद्योगले किसानलाई ४० रुपैयाँ दिएर हरियो पत्ती किन्न थालेका छन् ।

इलाम र झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा विक्री भइरहेको छ । अर्थोडक्सपछि सीटीसी चियाका लागि पत्ती टिप्ने गरिन्छ । पहिलो चिया टिपाइको पत्तीबाट तेस्रो मुलुक जाने ग्रीनटी बनाउने गरिन्छ ।

त्यसपछिका टिपाइका पातबाट सीटीसी चिया बन्ने गर्छ । सबभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा विक्री भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्