Logo

क्वालालम्पुरबाट काठमाडौँका लागि चार्टर्ड उडान पुनः सुचारु हुने



काठमाडौँ, ९ भाद्र। मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडौँको लागि तय भएका चार्टर्ड उडानहरू पुनः सुचारु हुने भएका छन् । मलेसियास्थित नेपाली राजदूतावासले १९, २० र २१ अगष्टको लागि टिकट लिइसकेका यात्रुहरूले आफ्नो एयरलाईन्स वा ट्राभल्स एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न अनुरोध गरेको छ ।

कोभिड–१९ को पीसीआर नेगेटिभ रिपोर्ट भएका व्याक्तिहरूले मात्र यात्रा गर्न पाउनेछन् । पीसीआर परीक्षणबाहेक अन्य परीक्षणहरू मान्य नहुने दूतावासले बताएको छ । उक्त रिपोर्ट नेपाल पुग्ने दिनसम्म सात दिनभित्रको हुनुपर्ने समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्