Logo

सुनकोशी नदीले बगाउँदा १२ बर्षीय बालक वेपत्ता



सिन्धुली, ९ भाद्र । सिन्धुलीको सुनकोशी नदीले बगाउँदा सोमवार अपराह्न एक बालक बेपत्ता भएक छन् । सुनकोशी नदीमा माछा मार्न गएका गोलन्जोर गाउपालिका वडा नं। २ कुखुरेटारका राम बहादुर माझीका १२ बर्षका छोरा माधब माझी नदिले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बालकलाई नदीले बगाएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली, बालकका आफन्त र स्थानिय मिलेर खोजी कार्य भईरहेको भएपनि अहिले सम्म बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाउवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्