Logo

सामाजिक बहिष्करणमा कोरोना संक्रमितको परिवार



काठमाडौं, भदौ ९ । बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन् ।

समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८ वर्षको उमेरमा गत साता निधन भएपछि किरियामा बसेका उनका छोरासहितको परिवारलाई स्थानीय जनप्रतिनिधिसमेतले जबरजस्ती गरेका हुन् ।

‘यस क्षेत्रमा समाजसेवीका रुपमा स्थापित मेरा पितालाई दागबत्ती दिन पाइनँ, धैर्य गरेरै बसेको थिएँ, छरछिमेकी र जनप्रतिनिधिहरु नै आएर गाउँ छोडेर जा भनेपछि म सार्वजनिक भएको छु, अब नाम गोप्य राखिरहनुको के अर्थ?’

घिनाञ्जुका छोरा रामेश्वर घिनाञ्जुले क्षोभपूर्ण र सजल आँखा बनाउँदै नेपाल भने ‘आजीवन समाजसेवा केका लागि, मेरो गाउँ–समाज भन्नु किन?’ उनले भने– ‘मैले सबै कुरा फेसबुकमा लेखेको छु, त्यही हेरिदिनुहोला।’नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्