एजेन्सी, ९ भाद्र । विश्व किर्तिमानधारी धावक उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण भएको छ । गत हप्तामात्र ३४ औं जन्मदिन मनाएका बोल्ट कोरोना संक्रमणपछि घरमै आइशोलेशनमा बसेका छन् ।
जमैकाको स्वास्थ्य मन्त्रालयले बोल्ट संक्रमित भएको सोमबार पुष्टि गरेको हो । उनले सोमबार मात्र भिडियोमार्फत् रिपोर्टको प्रतिक्षामा रहेको बताएका थिए । एक सय र दुई मिटर तर्फ एथलेटिक्सका विश्व किर्तिमानधारी बोल्टले यसलाई सहज रुपमा लिएर क्वारेन्टाइनमा रहेको जनाएका छन् ।
बोल्टले आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको समेत बताएका छन् । उनले शुक्रबार जन्मदिन मनाएपछि शनिबार परीक्षण गरेका थिए ।
सन् २००८, २०१२ र २०१६ गरी लगातार तीन ओलम्पिकमा एक सय र दुई सय मिटर दौडमा स्वर्ण पदक जित्ने किर्तिमान बोल्टको नाममा मात्र छ ।