लमजुङ, ९ भाद्र । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटीसहित एक महिला पक्राउ परेकी छिन् । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहरमा बस्दै आएकाी सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन, २४.६ केजी कुड्की, १४.९ केजी जटामसी, १८.३ केजी सुगन्धवाल, ४.४ केजी सतुवा र २.८ केजी वन आलु फेला पारी बरामद गरेको छ ।
तामाङलाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।