Logo

त्रिविले विद्यार्थीलाई भन्यो तत्काल आफु अध्ययनरत क्याम्पस विभागमा सम्पर्क गर्नु



काठमाडौं, १० भाद्र । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको कारण तितरवितर भएका आफ्ना विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। लामो समयसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच सम्पर्क विच्छेद भएकोले विद्यार्थीलाई यस्तो अनुरोध गरिएको हो।

कोरोनाको त्रास लामो समयसम्म रह्यो भने वैकल्पिक माध्यमबाट कसरी पढाइ सञ्चालन गर्दा पनि थुप्रै विद्यार्थी सम्पर्कमा नआएको त्रिविले जनाएको छ। अनलाइन कक्षा सञ्चालन भएका तहमा सम्पर्क गर्न र अहिले पढाइ नभएपनि भविष्यमा पढाइ सञ्चालन गर्ने त्रिविले जनाएको छ। साथै बैकल्पिक माध्यमबाट पढाइ तथा परीक्षा सञ्चालन गर्दा विद्यार्थीको पहुँच कस्तो रहन्छ भन्ने विषयमा पनि त्रिविले विद्यार्थीबाट धारणा माग्न खोजेको छ।

क्याम्पसमा भर्ना गर्ने समयमा विद्यार्थीसंग फोन नम्बर नमागिएको र माग्दा पनि छैन भन्ने जवाफ आएकोले विद्यार्थीसँग लामो समय सम्पर्क विच्छेद भएको त्रिविका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बास्कोटाले बताए। त्रिवि शिक्षाध्यक्ष प्राध्यापक डा। शिवलाल भुसालले जारी गरेको सूचनामा विद्यार्थीलाई तुरुन्त क्याम्पस, विभाग तथा स्कुलमा सम्पर्क गरेर अनलाइन कक्षामा सहभागी हुन अनुरोध गरिएको छ।

साथै सम्बन्धित विभाग तथा डिन कार्यालयलाई पनि विद्यार्थीलाई सम्पर्कमा ल्याउने काममा सक्रिय हुन निर्देशन दिइएको छ। त्रिविमा आंगिक तथा सामूदायिकमा समेत गरेर चार लाख ९२ हजार विद्यार्थी अध्ययनरत छन्। उपकुलपति बास्कोटाका अनुसार ७६ जिल्लाका विद्यार्थी यहाँ पढ्छन्। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्