Logo

पीसीआर परिक्षण रिपोर्ट २४ घण्टामै दिन निर्देशन



काठमाडौं, भदौ १० । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो ।

मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो । समितिले परीक्षणको रिपोर्ट इमेल, फोन, म्यासेज अथवा भाइबर लगायतबाट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले भाडामा बस्नेका लागि होम आइसोलेसन उपयुक्त नभएको भन्दै आइसोलेसन सेन्टर तत्काल बढाउन निर्देशन दिँदै पीसीआर परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशनमा भनेको छ ।

समुदायस्तरमा नै सङ्क्रमण फैलिएको भन्दै समितिले परीक्षण बढाउन भनेको हो । समितिले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि भोलिन्टियर जनशक्ति उपयोग गर्न सरकारलाई सुझाव दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्