काठमाडौं, १० भाद्र । देशका विभिन्न भागमा विगत केही घन्टायता वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय नदीहरुमा बहाव एक्कासी बढ्न सक्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।
मकवानपुर, पर्सा, चितवनका धेरै स्थान, नवलपरासी, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ आसपास केही स्थनमा मध्यम वर्षा भइरहेको छ । बाढी सूचना केन्द्रका अनुसार पछिल्लो दुई घण्टा बागमतीको सहायक नदी विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोला जलाधारमा मध्यम वर्षा भइरहेको छ । विष्णुमती, हनुमन्तेमा जलसतह बढ्दो छ ।
विष्णुमतीमा जलसतह सतर्कता पुग्ने सक्ने, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउन नेपाल बाढी सूचना केन्द्रले भनेको छ ।-File Photo: reportersnepal