काठमाडौं, १० भदौ । ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफूहरुले कोभिडको लागि बेड छुट्याएको र सोहीअनुसार उपचार सेवा दिईरहेको स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष टण्डनले यस्तो बताएका हुन् ।
टण्डनले निजी अस्पतालहरु मुकदर्श भएर नबसेको भन्दै धमलाको आरोपको खण्डन गरे । उनले भने, त्यस्ता कुरा गर्दै नगर्नुहोस् । जनताले औषधी, उपचार अस्पतालमा नपाएर कहाँ पाउँछन् ? कहाँनिर विरामीहरुले उपचार नपाएर छट्पटाईरहेका छन् ?’ हिजो विश्वयुद्ध हुँदा आर्मीहरु लड्ने गरेको भएपनि अहिले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्ध लडेको उनले सुनाए ।