Logo

उपत्यकामा आजसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए



काठमाडौं, १० भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ८५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय १ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा  ३८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १९ हजार  ५ सय  ४ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  २३० जना र ललितपुरका ४७ जना र भक्तपुरका  २४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३४ हजार ४ सय १८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्