Logo

ललितपुरको किष्ट हस्पिटलले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सुचना नै लुकायो



काठमाडौं, ११ भाद्र । ललितपुरस्थित किष्ट मेडिकल कलेजमा धमाधम स्वास्थ्यकर्मी संक्रमित हुँदै होम आईसोलेसनमा बसेर निको भएपछि काममा फर्किएका छन् । तर अस्पताल प्रशासनले भने बिरामीको चाप घट्ने चिन्ताले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको स्रोतले जनाएको छ ।

उक्त मेडिकल कलेजमा प्रसुति बिभागका एक चिकित्सक, फिजियो थेरापी विभागका कर्मचारी, मेडिकल विभागका चिकित्सक, आवासिय चिकित्सक,एक्सरे विभागका कर्मचारी लगायतका कर्मचारीहरुमा कोरोना संक्रमण भएको र एकजना एक्सरे विभागका कर्मचारीको अझै पनि सोही अस्पतालमा उपचार गराईरहेको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

किष्ट मेडिकल कलेजमा कोभिड १९ का बिरामी झण्डै २० जनाको हाराहारीमा भर्ना भएका र केही बिरामीले अस्पतालको महगो शुल्कका कारण अस्पताल भर्ना हुन नसकेर जटिल अवस्थामा पनि घरमै आइसोलेसनमा बस्न बाध्य भएको गुनासो स्वास्थ्य मन्त्रालय समक्ष गरेको बुझिएको छ ।

किष्ट मेडिकल कलेजमा क्याबिनमा भर्ना हुन १ लाख देखि १ लाख ५० हजार पर्छ भने सामान्य बेडमा ५० हजार चाहिन्छ भनेकाले आफु भर्ना नभै घरमै बसेर पुन परिक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको एक बिरामीले न्युज अफ नेपाललाई जानकारी गराउनुभयो ।

यतिबेला अस्पतालको क्याबिनमा १० जना भन्दा बढी र सामान्य बेडमा पनि कोरोना संक्रमित बिरामीहरु भर्ना भएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्