Logo

सरकारले जनताको पीडा सम्बोधन गरेनः सिटौला



बनियानी, ११ भाद्र । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न नसकेको आरोप लगाउनुभएको छ । झापाको चन्द्रगढीमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दावी गर्नुभयो ।

“कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन”, उहाँले भन्नुभयो । एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने जिकिर गर्नुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्