Logo

झापामा गोली चल्दा एक जनाको मृत्यु, दुइ प्रहरी घाइते



भद्रपुर, ११ भाद्र । झापा गाउँपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जनाको मृत्यु भएको भने दुई प्रहरी घाइते भएका छन् । प्रतिकारमा प्रहरीले हवाई फायर गर्दा गोली लागेर झापा गाउँपालिका ३ का घाइते एक स्थानीयको मृत्यु भएको प्रहरी कार्यालय झापाले जाानकारी दिएको छ ।

घट्ना विवरण अनुसार बुधवार दिउँसो ३ बजेको समयमा साबिक टाघनडुब्बा गाविस हाल झापा गाउँपालिका ३ कामाटोलीमा गाईको बाछो काट्दै गरेको प्रहरीलाई खबर आएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट बाछोको मासुसहित दुई जनालाई नियन्त्रणमा लिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्