Logo

जलवाष्फ युक्त हावाको प्रभावले आज यी क्षेत्रमा छ भारी बर्षाको सम्भावना



काठमाडौं, भदौ १०। हाल मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडि वाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ।

सोहि प्रभावका कारण विहिबार देश भर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै रातीसम्म देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्