काठमाडौँ, ११ भदौ: सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोकेका हुन् ।
यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका छन् ।-रासस/File Photo