Logo

चिरपट दाउराले टाउकोमा हान्दा मुत्यु



रोल्पा, ११ भाद्र । कुटपिट गरी हत्या गरेको अभियोगमा रामचरण बादीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । परिर्वतन गाउँपालिका बागमाराका मन बहादुर बादीको हत्या गरेको अभियोगमा बादी पक्राउ परेका हुन् ।

रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई एक्कासी चिरपट दाउराले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो । घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्