Logo

मोटरसाइकलमा गाँजा तस्करी गर्ने पक्राउ



काठमाडौं, ११ भाद्र । अवैध लागूऔषधसहित सुर्य बहादुर घलान पक्राउ परेका छन् । निजगढ रतनपुरबाट रामथली बस्ने घलानलाई १ केजी ६ सय ग्राम लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रामथलीबाट निजगढतर्फ जाँदै गरेको बा.२९ प ९९४९ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उदयपुरगढी गाउँपालिका तिलकिनी गाउँबाट ८४ केजी गाँजा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गाँजा तस्करी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

धरान गणतन्त्र बस्ती बस्ने राज कुमार चौधरीलाई अवैध लागु औषध ३ हजार क्याप्सुल स्पास्मो प्रोक्सिभन पल्स सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा लुकाई छिपाई राखेको अवैध लागु औषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्