Logo

कोरोना कहरमा गेष्ट हाउसमा लगेर बलात्कार



काठमाडौं, ११ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मुस्ताङको १५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र बस्ने रुकुम घर भएका टेक प्रसाद सुनार पक्राउ परेका हुन् ।

सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका शृजन रायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ माघ २६ गते भक्तपुर महानगरपालिका दुधपाटीस्थित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरी फरार रहेका थिए । फरार भएका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर महानगरपालिका औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्