Logo

महामारी रोकथाममा स्काउट र हिसानको सहयोगबारे छलफल



काठमाडौं , ११ भदोै: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणमा नेपाल स्काउट र उच्च माध्यामिक विद्यालय संघ (हिसान)का तर्फबाट हुन सक्ने सहयोगका विषयमा आज छलफल गरेका छन् ।

छलफलमा नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारी र संघका अध्यक्ष रमेश सिलवाल, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की र प्रवक्ता प्रा डा जागेश्वर गौतम सहभागी थिए । महामारीको यस समयमा कलेजका भवन, होस्टल, बसलगायतका स्रोतको सदुपयोग सरकारले गर्ने बारेमा छलफल भएको हो ।

ती संस्थाहरुले चिकित्सक र स्वास्थ्यकर्मी लगायत ओसारपसारका लागि सवारीसाधन उपलब्ध गराउन सकिने जनाएका थिए । स्काउटका स्वयंसेवक परिचालनका लागि पनि छलफल भएको मन्त्री ढकालका प्रेस सल्लाहकार माधवराज तिवारीले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्