काठमाडौं, ११ भदौ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले आफूलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाईएको भन्दै गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत सिरोहियाले आफ्नो चरित्र हत्या गर्न गलत नियतले फैलाएको हल्ला भएको पनि दाबी गरेका छन् ।
मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णत: कपोलकल्पित र भ्रामक कुरा हो।यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजवीन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ
— Kailash Sirohiya (@KailashSirohiya) August 27, 2020
उनले भनेका छन्,’मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णत: कपोलकल्पित र भ्रामक कुरा हो।यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजवीन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ।’