Logo

संघ,प्रदेश र स्थानीय तहको समन्वयमा उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेडको तयारी



काठमाडौँ, १२ भाद्र । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच आज भएको छलफल पनि स्वास्थ्य प्रोटोकललाई ध्यान दिदैँ एकीकृत आइसोलेसन निर्माणमा केन्द्रित रहेको थियो ।

रक्षा मन्त्रालयमा भएको छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुले जारी निषेधाज्ञाको अवधिलाई पूर्ण सदूपयोग गर्दै उपत्यकाकामा तिव्र गतिका साथ एकीकृत आइसोलेसन निर्माणमा गर्नुपर्नेमा जोड दिनुभयो । ‘बैठकमा अहिलेसम्म एकीकृत आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि भएका प्रयास र गरेका कामका बारेमा समीक्षा भयो,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘जारी निषेधाज्ञाको पूर्ण सदुपयोग गर्दै उपत्यकामा गुणस्तरीय एकीकृत क्वारेन्टिन र आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गर्र्यौँ ।’

उहाँले उपत्यका नगरपालिका फोरमको सुझावपछि सरकारले उपत्यकामा कम्तीमा ६ हजार एकीकृत आइसोलेसन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा निषेधाज्ञा अवधी भित्रै आइसोलेसन निर्माण गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । ‘केही ठाउँमा आइसोलेसन सञ्चालनमा आइसकेका छन्,’ उहाँले भन्नुभयो, ‘बाँकी ठाउँमा पनि हामी समन्वयका साथ अघि बढेर जतिसक्दो छिटो निर्माण गर्र्छौ । छलफलमा हामीले दुबै मन्त्रीज्युलाई यही कुरा भनेका छौँ ।’

उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पनि उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको जानकारी दिनुभयो । ‘गृह र स्वास्थ्य सचिवले अहिलेसम्म उपत्यकामा निर्माण भएका क्वारेन्टिनस्थल र आइसोलेसनका बारेमा जानकारी गराउनुभयो,’ श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा स्थानीय तहसँग समन्वय गरेर उपत्यकामा स्वास्थ्य प्रोटोकल पालना हुने गरी आवश्यक मात्रामा एकीकृत क्वारेन्टिनस्थल र आइसोलेसन थप गर्दै जाने भन्ने सहमति भयो ।’ यो खबर आजको समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्