Logo

ऊर्जा क्षेत्र सुधारका लागि एडीबीको २३।८८ अर्ब ऋण



काठमाडौं, भदौ १२ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको ऊर्जा क्षेत्रका लागि २३ अर्ब ८८ करोड रुपैयाँ (दुई सय मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण दिने भएको छ।

साथै एडीबीकै प्रबन्धमा नर्वे सरकारले ३५ मिलियन डलर (चार अर्ब १८ करोड रुपैयाँ) अनुदान सहायता दिनेछ। दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सोसक) अन्तर्गत ऊर्जा प्रसार तथा वितरण प्रणाली सुदृढीकरणका लागि यो सहयोग दिने भएको हो।

बिहीबार अर्थ मन्त्रालयमा अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपालस्थित प्रमुख मुख्तोर खमुदखमोदबीच ऋण सम्झौता भएको हो। परियोजनाका लागि भने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौता गरेका छन्।

‘एडीबी नेपालको ऊर्जा क्षेत्रलाई सहयोग गर्ने प्रमुख साझेदार हो’, सचिव ढुंगानाले भने, ‘सासेक रणनीतिभित्रका परियोजनाले चार सय किलोभोल्टको प्रसारण लाइन सञ्चालनका लागि सबस्टेसनहरू अपेग्रेड गर्नेछ, भारतसँगको अन्तरदेशीय प्रसारण लाइनमा सहजीकरण गर्नेछ।

राष्ट्रिय ग्रिडमा २० प्रतिशतमात्रै घरधुरीको पहुँच भएको प्रदेश २ जस्तो कमजोर विद्युत् आपूर्ति भएको स्थानमा केन्द्रित छ।’अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्