Logo

कैलालीमा १० जना बैंकका र तीन जना स्वास्थ्यका कर्मचारीमा कोराना पृष्टि



कैलाली, भदौ १२ । कैलालीमा बैंकका १० कर्मचारीसहित स्वास्थ्य निर्देशनालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो एक हप्ताको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण देखिएको हो ।

त्यस्तै, स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित परिवारका तीन जना सदस्यमासमेत कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयमा कार्यरत एक कर्मचारी, उनकी श्रीमती र छोरीमा संक्रमण पुष्टि भएको जनाइएको छ।

हालसम्म सिविल बैंक र ग्लोवल आइएमई बैंकका चाररचार जना, कृषि विकास बैंक र सानिमा बैंकका एकरएक जना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्