काठमाडौं, भदौ १२ । स्वास्थ्य खराब हुँदै गएको भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने भएका छन् ।
स्थानीय सञ्चारमाध्यमलाई उल्लेख गर्दै एएफपीले जनाएअनुसार आफ्नो स्वास्थ्यका कारण राज्यको काम कार्बाहीमा असर नपरोस् भनेर उनले पदबाट राजीनामा दिन लागेका हुन् ।
हालै प्रधानमन्त्री आबे दुईपटक अस्पताल भर्ना भइसकेका छन् । उनलाई अल्सरेटिभ कोलाइटिस लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।