Logo

ओली-प्रचण्डबीच छलफलपछि सचिवालय बैठक सारियो



काठमाडौं, १२ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा गम्भीर छलफल भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षबीच भएको छलफलमा १८ गते सचिवालय बैठक बसेर टुंगो लगाउने सहमति भएको छ ।

पार्टीमा जिम्मेवारी बाँडफाँडको विषय र केही महत्वपूर्ण बुँदामा छलफल केन्द्रित भएको थियो । सचिवालयमा सहमतिको संयुक्त प्रस्ताव भोलि लाने तय भएपनि सचिवालय बैठक १८ भदौका लागि सारिएको छ । भोलि बस्ने बैठकमा कार्यदलको प्रतिवेदनलाई निष्कर्षमा पुर्याई प्रस्तुत गर्ने तयारी भएको थियो ।

बालुवाटारमा दुई अध्यक्षबीच छलफलमा बैठक कोरोना भाइरसको संक्रमण बढेको भन्दै स्थगित गरिएको जनाइएको छ । यथार्थमा दुई अध्यक्षबीच अझै कुरा मिल्न सकेको छैन ।

नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठन पनि छलफलको विषय छ । यसमा पनि दुई अध्यक्षबीच कुराकानी शुरु भएको बुझिएको छ ।
नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्