Logo

काठमाडौंमा एकैदिन ४१५ कोरोना संक्रमित थपिए



काठमाडौं, १२ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ९ सय  २७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय १३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले   १० हजार २  सय २२  जनाको पिसीआर परिक्षणमा  ९ सय  २७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १६९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २० हजार   २ सय  ४२ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका ११ जना र भक्तपुरका  ५४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्