Logo

खैरो हेरोईन र गाँजासहित पक्राउ



काठमाडौं, १२ भाद्र । अवैध लागूऔषध गाँजासहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिराहाको कल्याणपुर नगरपालिका निर्धना कमला बाँध स्थितबाट करिब २ केजी गाँजासहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा धनुषा शहिद नगरपालिकाका कृष्ण यादब, सिराहा मिर्चैया नगरपालिकाका बिरेन्द्र प्रसाद यादब र धनुषा सहीद नगरपालिकाका संतोष यादब रहेका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले लु.४५प. ३१३६ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा कृष्ण यादबले लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारेपछि उनीसंगै आएका स.५ प. २६२१ नम्बरको मोटरसाइकलमा सवार अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी धरानका बिजय शेर्पालाई करिब ३ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाको घरकोठामा बिक्री बितरणको लागि लागूऔषध लुकाई छिपाई राखेका सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान सुनसरी र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धानको संयुक्त टोलीले कोठा तलासी गर्दा प्लाष्टिकमा पोका पारी राखेको उक्त परिमाणको लागूऔषध फेला पारी शेर्पालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्