Logo

अनुष्का शर्मा र विराट कोहलीको पहिलो भेट



एजेन्सी, १२ भाद्र । बलिउड अभिनेत्री अनुष्का र क्रिकेटर विराट कोहली छिट्टै माता पिता बन्दै छन् । दुवैजनाले खुशीको यो खबर सामाजिक सञ्जाल मार्फत दिएका हुन् । विराट र अनुष्काको विवाह २०१७ मा इटालीमा भएको थियो, उनीहरुबीचको प्रेमको सधै चर्चा चलिरह्यो ।

विराट र अनुष्काको पहिलो भेट २०१३ मा एक स्याम्पुको विज्ञापनको क्रममा भएको थियो । अनुष्कासँग स्क्रिन सेयर गर्दा विराट निकै आत्तिएका थिए । स्याम्पुको विज्ञापनको कुरा सुन्दा निकै उत्साहीत बनेका बिराट आफुसँग स्क्रिन सेयर गर्ने अनुष्काको नाम सुन्दा भने डराएका थिए । विराटले पेशेवर कलाकारसँग अभिनय गर्न निकै असहज र आफुलाई पागल जस्तो देखिने सम्झेका थिए, तर उनको म्यानेजरले विराटलाई सान्त्वना दिए ।

विराटले पहिलो पटक अनुष्कालाई देख्दा एकछिन त निकै नर्भस भए, केही बोल्न सकेनन् । अनुष्का त्यसै पनि अग्ली त्यहाँमाथि हिल लगाएकी देखेर विराटले रमाइलो सुरु गरेर सोधे, के तपाइँले यो भन्दा अग्लो हिल भेट्नु भएन । विराटको जोक सुनेर अनुष्का हास्नुको सट्टा भनिन्, ‘एक्सक्युज मी’

उक्त स्याम्पुको विज्ञापन ३ दिनसम्म चल्यो । विस्तारै विस्तारै दुवैजनाले फरक फरक कामको पृष्ठभुमि भएपनि दुवैमा धेरै समानता पाउन थाले । दुवैको पारिवारिक पृष्ठभुमि मध्यम थियो । दुवैजनाले २००८ बाट कामको करियर सुरु भएको थियो । एक फिल्म अभिनेत्री र अर्का क्रिकेटर दुवै जनाका समान चीज अरु पनि धेरै रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्