Logo

काठमाडौंका १२५ फोटोपत्रकारहरुको पिसिआर टेष्टका लागि स्वाब सङ्कलन



काठमाडौं १२ भाद्र । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।
राष्ट्रिय फोटोपत्रकार समूह (एनएफीजे) नेपाल र फोटोपत्रकार क्लबमा आवद्धरहेका र विभिन्न सञ्चारगृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर )कोभीड १९) को परिक्षण भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा गरिएको हो ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा आज कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको थियो ।
देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परिक्षण तिव्रपारीएको छ ।
स्वास्थ सेवा विभाग टेकुको सहयोगमा उक्त पिसिआर टेष्ट सम्पन्न भएको हो, साथै उक्त टेष्ट गर्नको लागि विषेश पहल गरि दिनुभएकोमा स्वास्थमन्त्रीका प्रेश संयोजक माधव तिवारीलाई विषेश धन्यवाद दिन चाहान्छौं ।
उक्त पिसिआर हाल काठमाडौंमा रहेका फोटोपत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकाले सम्पूर्ण अग्रपङ्तीमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताए ।
PHOTO BY: MUKUNDA KALIKOTE/REPORTERSNEPAL



प्रतिक्रिया दिनुहोस्