Logo

रानीपोखरी पुनर्निर्माण ८५ प्रतिशत सकियो



काठमाडौं, भदौ १३ । कोरोना भाइरस विरुद्धको बन्दाबन्दी तथा निषेधाज्ञामा समेत रानीपोखरी पुुनर्निर्माणको काम निरन्तर अगाडि बढेका कारण अहिले ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न शुक्रबार रानीपोखरी परिसर पुगेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्