Logo

पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं, भदौ १३ । ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृतक दुबैजना काठमाडौं र भक्तपुरका रहेका छन् ।

एक जनाको आज विहान र अर्की महिलाको शुक्रबार राती उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक मध्ये काठमाडौंकी महिलाको उमेर ६२ बर्ष र भक्तपुरकी महिलाको उमेर ५१ बर्ष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । काठमाडौंकी महिलाको आज विहान मृत्यु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्