Logo

प्रदेश २ मा शनिबार सात जना सङ्क्रमितको मृत्यु



जनकपुरधाम, १४ भाद्र । प्रदेश नं. २ मा शनिबार मात्रै उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ । शनिबार मात्रै प्रदेश नं. २ को महोत्तरीमा दुई, सिरहामा दुई र पर्सामा तीनजना गरी सात जना कोरोना भाइरस सङ्क्रमित उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं।२ का वरिष्ठ चिकित्सक एवम् सूचना अधिकारी डा। कमलेश प्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँले आज मात्रै प्रदेश नं।२ मा २० महिलासहित १६५ जना नयाँ कोरोना सङ्क्रमित थपिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणबाट आज १६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार धनुषामा ४९, महोतरीमा २७, सिरहामा १३ जना, बारामा नौ, पर्सामा ३४, सर्लाहीमा ४५ र रौतहटमा एकजनामा सङ्क्रमण भएको बताउनुभयो ।

योसँगै प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार ७९५ पुगेको छ । शनिबार चार महिला र ८३ जना पुरुष गरी ८७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्केको उहाँले बताएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्