प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले आफूहरु अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनले पार्टी एकतालाई बलियो बनाउनेगरि प्रस्ताव गरेको स्पष्ट पारेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,’कार्यदलले मेहनतपूर्वक आफूले प्रस्ताव तयार गर्यो । हामी दुई अध्यक्षलाई त्यो प्रस्ताव दियो । र, हामी छिट्टै नै सचिवालयको बैठकबाट त्यसलाई आवश्यक परे परिमार्जनसहित, नत्र जस्तो छ त्यस्तै अथवा जुन रुपमा हुन्छ त्यसले अगाडि बढाउँछ । र, सम्भव भए हामी स्थायी कमिटीको बैठक बस्छौं । कोभिड १९ को महामारी फैलिँदो छ, यस्तो अवस्थामा कुनै हेलचेक्र्याँई वा जबरजस्ती पनि गर्न सकिँदैन् । त्यसो भयो भने हामी सचिवालयबाट टुँग्याएर बस्न सम्भव भएका बेला स्थायी कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गर्ने काम गर्दै अगाडि बढ्छौं ।’ प्रस्तुत छ प्रधानमन्त्री ओलीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
कार्यदलको प्रतिवेदन तपाईंको हातमा आईसकेको छ । अब पार्टीभित्रको विवाद सबै समाधान भयो ?
पार्टी एउटा जीवन्त संगठन हो । त्यसमा विचारका बहस, छलफल कसरी अगाडि बढ्नुपर्छ भन्ने सम्बन्धमा विभिन्न प्रकारणका दृष्टिकोणहरु आईरहन सक्दछन् । र, गरिएका कामहरुको सम्बन्धमा कहीँ कतै कमजोरी भएको कि भन्ने समिक्षात्मक कुराहर पनि आईरहन्छन् । प्रश्न कति हो भने कति समसामयिक छन् ? कति सान्दर्भिक छन् ? कति आवश्यक छन् ? कति उचित छन् ? हामीले हेर्नुपर्ने कुरा यो हो । कति विधिसम्मत, कति देश र जनताको हितमा केन्द्रित भएर आएका छन् भन्ने हो । त्यसर्थ त कुनैपनि भीन्न विचारहरु, अभिमतहरु, रायहरु प्रकट नै हुन सक्नेछैनन्, सक्दैनन भन्ने चाहीँ होईन । हुन सक्छन्, ती कति स्वस्थ छन् भन्ने कुरा हो । तीनलाई स्वस्थतातिर लानुपर्छ । अहिले दुई अध्यक्ष प्रचण्डी र म । अब कतिपय समस्याहरु देखापरे । बीचमा कतिपय अस्वस्थताहरु देखा परे । अलिक जग हसाँईका कामपनि विभिन्न कारणले भए । हाललाई त्यसमा को दोषी ? को निर्दोष ? त्यो करार गर्नेतिर भन्दा समिक्षा गर्दै जाउँला । हामी हरेकले आत्मआलोचक भएर अगाडि बढ्दा राम्रो हुन्छ । कसैलाई दोषारोपण गर्नेभन्दा । र, एकताको बाटोतर्फ फर्कियौं भन्ने निश्कर्षमा पुग्यौं । र, उहाँ र मैले एकताबद्ध ढंगले पार्टीलाई अगाडि बढाएर लिएर जान, एकता र एकीकरणको प्रक्रिया टुँग्याउन, देशमा स्थिरता र स्थायित्व कायम गर्न, शान्ति प्रक्रियालाई पूर्णता दिन, कोभिड १९ सँग प्रभावकारी ढंगले लड्न, अहिले देखापरिरहेका प्राकृतिक विपत्तिहरुसँग लड्न र सरकारका नियमित कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउन हामी एकताबद्ध भएर जाने भन्ने सहमति गर्यौं । त्यस सहमतिलाई कसरी अगाडि जाने त ? त्यसका आधारहरु कस्ता हुनसक्छन् ? हामीले आफ्ना रायहरु पनि बनायौं । र, ती रायहरुसहित हामीले कार्यदल गठन गर्यौं । र, हामीलाई सहयोग पुर्याउनको लागि (खासगरी दुई अध्यक्षलाई एकताका यी प्रयासहरुमा सचिवालय र स्थायी कमिटीमा प्रस्तुत गर्न प्रस्तावहरु तयार गर्ने) कसरी अगाडि बढ्ने ? यो फाटोतर्फको प्रयास होईन, यात्रा होईन् । एकता र मिलनतर्फको यात्रा, सकारात्मक बाटोतिरको यात्रा कसरी अगाडि बढाउने त भन्ने सम्बन्धमा प्रस्ताव गर्न कार्यदल बनायौं । कार्यदलले मेहनतपूर्वक आफूले प्रस्ताव तयार गर्यो । हामी दुई अध्यक्षलाई त्यो प्रस्ताव दियो । र, हामी छिट्टै नै सचिवालयको बैठकबाट त्यसलाई आवश्यक परे परिमार्जनसहित, नत्र जस्तो छ त्यस्तै अथवा जुन रुपमा हुन्छ त्यसले अगाडि बढाउँछ । र, सम्भव भए हामी स्थायी कमिटीको बैठक बस्छौं । कोभिड १९ को महामारी फैलिँदो छ, यस्तो अवस्थामा कुनै हेलचेक्र्याँई वा जबरजस्ती पनि गर्न सकिँदैन् । त्यसो भयो भने हामी सचिवालयबाट टुँग्याएर बस्न सम्भव भएका बेला स्थायी कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गर्ने काम गर्दै अगाडि बढ्छौं ।
कार्यदलको प्रतिवेदनको कुरा गर्दाखेरि त्यसमा विधि, पद्धती, सिद्धान्त र प्रक्रियाको कुरा आएको छ, यहाँले सरकार सञ्चालन गर्दा पार्टीको कुरा सन्दै नसुनेको, अर्का अध्यक्ष प्रचण्डले भनेको कुरा यहाँले टेर्दै नटेरेको कुरा पनि समावेश गरिएको छ नि ? यहाँलाई अढाई वर्षको यो सरकारको नेतृत्व गरेको अवधिमा पार्टीले पूर्ण रुपमा सहयोग गरेको छ ? प्रचण्डले सहयोग गर्नुभएको छ ?
तपाईलाई एउटा कुरा बताउँ मैले पद्धती उल्लंघन गरेको कुरा प्रतिवेदनमा आएको छैन् । पद्धतीसम्मत ढंगले सबै चल्नुपर्छ भन्ने छ । अब अहिले पद्धतीको बहस गर्न थाल्ने हो भने (अँ) वातावरणलाई हामीले जसरी सकारात्मक दिशामा अगाडि बढाउन खोजेका छौं, त्यसमा सहयोग नपुग्न सक्छ । त्यसकारण म यो च्याप्टर ओपन गर्न चाहन्न । प्रक्रियासम्मत ढंगले, विधिसम्मत ढंगले र अनुशासित ढंगले पार्टी चल्नुपर्छ । पार्टी भनेको विचारबाट निर्माण हुने हो । विचारबाट संगठन निर्माण भईसकेपछि त्यो विचारको आधारमा त्यो संगठन सञ्चालन, परिचालनका विधि र प्रक्रियाहरु हुन्छन् । ती विधि र प्रक्रियाहरु अनुसार त्यो संगठन चल्नुपर्छ । अनुशासनहिन, अराजकता, पार्टीका विचारविपरितका अभिव्यक्तिहरु र कमिटीमा अभिव्यक्ति राख्नभन्दापनि सञ्चारमाध्यमहरुमा अभिव्यक्ति छरेर र सभ्यताका सीमाहरु नाघेर बोल्ने खालका परिपाटीहरु जुन ती विधि, पद्धती, प्रक्रिया कुनै सम्मत हुँदैनन् । त्यसकारण त्यस्ता कुराहरु कसैले गर्नुहुँदैन् । गुटबन्दी पार्टीमा गर्नुहुँदैन् । गुटका बैठक र भेलाहरु गर्नुहुँदैन् । यी सबै कुराहरु उचित होईनन् । र, अब त्यस्तो बाटोबाट होईन, ठीक विधि, प्रक्रियासम्मत बाटोबाट पार्टी अगाडि बढ्नुपर्छ भन्ने निश्कर्ष हो । सरकार ठीक ढंगले चलेको छ । केही अगाडिमात्रै केन्द्रीय कमिटीको बैठकले सरकारको कामका समिक्षा गरेको छ । अब कतिबेला कसलाई मन पर्दैन ? भन्ने कुरा त त्यो बेग्लै कुरा हो । तर, अलिक अगाडि समिक्षा भएको छ । फेरि अहिले यस प्रतिवेदनले पनि संक्षिप्त समिक्षा गरेकै छ । त्यसकारण यसलाई अब विवादको विषय बनाउने होईन । अब विवाद टुँग्याउने बाटोतर्फ हामी अग्रसर भैराखेका छौं । त्यही बाटोमा अगाडि बढ्नुपर्छ ।
तपाई प्रजातन्त्रको लागि १४ वर्ष जेल बसेको राजनेता हो, तर तपाईंमाथि गम्भीर आरोप लागेको छि यहाँले पार्टीभित्र एकलकाँटे निर्णय गर्नुहुन्छ भनेर ? सहमति खोज्नुहुन्न, छलफल गर्नुहुन्न, आफ्नो कुरा लाद्न खोज्नुहुन्छ र दम्भ छ भनेर नेताहरुले भन्न थाले नि ? के भन्नुहुन्छ ?
पहिलो कुरा हाम्रो प्रणाली कस्तो हो भन्ने कुरा थाहा पाउनुपर्छ । यो प्रणाली एक खालको अलिकति नयाँ खालको संसदीय प्रणाली नै हो । यसमा संसदीय प्रणालीका विशेषताहरुमा केही थप विशेषताहरु मिसाईएका छन् । समानूपातिक प्रणाली अािद कुराहरु मिसाईएका छन् । र, फेरि पनि यो संसदीय प्रणाली नै हो । संसदीय प्रणाली कसरी चल्छ भन्ने कुरा दुनियाँको अभ्यास छ । हाम्रो पनि अभ्यास छ । त्यसो भएर हाम्रा अभ्यासहरुमा एउटा के बुझ्नुपर्छ भने पार्टीले नीतिगत निर्देशन दिने हो । पार्टीसँग परामर्श हुन्छ । तर, कुन नेताले के भनेको छ त्यही नेताले भनेकै मान्दा सरसल्लाह भयो, पार्टीको आदेशअनुसार भयो र नमान्दा भएन भन्ने । पार्टीको विधिवत निर्णय कुनै एउटा उल्लंघन भएको कसैले अहिलेसम्म एउटा देखाओस ? त्यस्तो छैन कहीँ । पार्टीको कुनै निर्णय उल्लंघन भएको छैन् । हुँदैन् । अर्को, पार्टीले के चाहीँ निर्णय गर्ने र के चाहीँ निर्णय नगर्ने ? भन्ने कुरा प्रधानमन्त्रीय प्रणालीमा, संसदीय प्रणाली (जो प्रधानमन्त्रीय खालको, जो प्रधानमन्त्री कार्यकारी प्रमुख हुन्छ) त्यस प्रणालीका आफ्ना तरिकाहरु हुन्छन् । त्यो यस प्रणालीअन्तर्गत एक ढंगले युनिभर्सल छन् । प्रधानमन्त्री भनेको अन्त गरिएका निर्णय, अरुले गरेका निर्णय लगेर क्याविनेटमा रबरस्ट्याम्पको रुपमा त्यहाँ छाप मार्ने मात्रै ठाउँ होईन् । अथवा सेरेमोनियल होईन प्रधानमन्त्री । कार्यकारी हो भन्ने कुरा बुझ्नुपर्छ ।
तर, यो प्रतिवेदनले त प्रधानमन्त्रीलाई कमजोर बनाउन खोज्यो नि त ? पार्टीले हस्तक्षेप गर्ने भनिएको छ नि ? पार्टीको निर्णयानुसार प्रधानमन्त्री अगाडि बढ्ने कुरा छ नि ? पार्टीले नै सरकार चलाउने कुरा गरिएको छ ? के भन्नुहुन्छ ?
पार्टीले सरकार चलाउने, पार्टीको सरकार हो । पार्टीले नीतिगत ढंगले सरकार चलाउँछ । तर, मन्त्रिपरिषद किन चाहियो त ? पार्टीको सचिवालय, स्थायी कमिटी भए भएन ? मन्त्रिपरिषद कनि चाहियो त ? अनि पार्टी अध्यक्ष भए पुगिहाल्यो, प्रधानमन्त्री किन चाहियो ? प्रधानमन्त्री एक जना हुन्छ । अध्यक्षमण्डल पार्टीमा बनाउन सकिन्छ । प्रधानमन्त्री मण्डल बन्दैन् । अध्यक्षद्धय बनाउन सकिन्छ । प्रधानमन्त्रीद्धय हुँदैन् । राष्ट्रपतिद्धय हुँदैन् । त्यसकारण हामीले सिष्टम बुझ्नुपर्यो पहिलो कुरा त । सिष्टम अफ गभर्नेन्स बुझुनुपर्छ पहिले के हो भनेर । र, निर्णय कहाँबाट हुन्छ र कसरी हुन्छ ? यस प्रणालीमा त्यो थाहा पाउनुपर्यो । प्रधानमन्त्रीले परामर्श गर्छ । सबैका कुरा सुन्छ । राय लिन्छ । बाहिर बुद्धिजिवीहरुसँग लिन्छ । सरोकारवालाहरुसँग लिन्छ । परामर्श थुप्रोसँग लिन्छ । मैले परामर्श दलहरुसँग लिने गर्याछु । अरु प्रतिपक्षी दल लगायतहरुसँग लिने गरेको छु । अरुसँग पनि लिने गर्याछु । र, ती सबै कुराहरुलाई लिएर फेरि पार्टीमा परामर्श गर्ने गर्याछु । छलफल गर्ने गरेको छु । सरकार र पार्टी एउटै होईन् । त्यहाँनिर भिन्नता छ । त्यसकारण त्यो भीन्नताअनुसार चल्छ । त्यो कुरा हामीले थाहा पाएरनै अगाडि बढ्नुपर्छ । अब आश्चर्यलाग्दोगरि जसले पनि जे पायो त्यही बोल्ने गर्या छ । त्यो परिपाटी रोक्नुपर्छ । पहिले बुझ्नुपर्यो । थाहा पाउनुपर्यो । थाहा नपाईकन त्यो बोल्ने कुरा उचित होईन् । यसमा आजको बहस चलाएर समय खेर फाल्नुपनि छैन् मेरो विचारमा । यो कतिपय अभ्यास नभएका साथीहरु, नगरेका साथीहरु ती साथीहरुले त्यो अभ्यासलाई सिक्दै जाने कुरा हो । जसमा त्यो अनुभवको कमी छ । ज्ञानको कमी छ ।
स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठक बोलाएर अब यो प्रतिवेदन पारित गर्ने गरेर जान सक्ने अवस्थामा तपाई हुनुहुन्छ ? अहिलेको आवश्यकत्ता हो र ?
यो प्रतिवेदन भनेको के हो भन्ने कुरा बुझ्नुपर्यो । यो पार्टीको विचारधारात्मक महाधिवेशनको प्रतिवेदन होईन । पारित किन गर्न नसक्नु ? पास त सबै ठाउँमा हुन्छ । तर, यो त्यसरी पास गर्नुपर्ने प्रतिवेदन होईन् । यो अहिलेको समस्या समाधानको लागि, अहिले जुन समस्या एउटा अनावश्यक ढंगले देखापर्यो । यो दुःखद् पक्ष हो । देखा नपर्नुपर्दथ्यो यस्तो समस्या । समस्या देखा पर्नुपर्ने कुनै कारण नै छैन् । तर, व्यक्तिगत कारणहरु होलान व्यक्तिका । आकांक्षाका प्रश्नहरु होलान् । आकांक्षाका प्रश्नहरुलाई पार्टी, सरकार सञ्चालनका प्रश्नहरुसँग जोडेर त्यहाँ व्यवधान पुग्नेगरि देशको कार्यसञ्चालन, सरकार सञ्चालन, वा सिंगो पार्टी सञ्चालन, एकताको प्रक्रियामा व्यवधान पुग्नेगरि आफ्ना ईच्छा, आकांक्षाहरुलाई बढि महत्व दिएर यस्ता राष्ट्रिय प्रश्नहरुमा, राष्ट्रिय महत्वका चीजहरुमा, जनसरोकारका विषयमा, आम जनताको हितहरुको विषयमा कुनै प्रकारको व्यवधान पुग्नेगरि चल्न हुँदैन् । प्रश्न त्यो हो । त्यसकारण अहिलेको जुन हामीले कार्यदल बनाएका छौं । त्यो कार्यदलको प्रतिवेदन छ, त्यो त्यससँग सम्बन्धित छ । यसर्थ यो महाधिवेशनमा लगेर पास गर्नुपर्ने, केन्द्रीय कमिटीमा पास गर्नुपर्ने त्यस्तो कुरा होईन् । यो नेताहरुको बीचमा देखिएको असमझदारी कसरी हल गर्ने, अन्त्य गर्ने ? समस्या जे देखिएका छन, ती कसरी अन्त्य गर्ने ? विवाद जो खडा गरिएको छ, त्यो विवादलाई कसरी साम्य पार्ने ? विधिको कुरा जुन उठाईएको छ, विधि भनेको के हो ? त्यसलाई कसरी ठिक बाटोतिर लाने ? ठीक बुझाईतिर लाने कसरी ? यी प्रश्नहरुको सम्बोधन यस प्रतिवेदनले गर्छ ।
तपाई र अर्को अध्यक्ष प्रचण्डबीचको असमझदारी अन्त्य भएको हो ? अब सहकार्य गरेर जान पूर्ण रुपमा समझदारी भएकै हो ? सहकार्यको हात मिलाएर जाने हो ?
अवश्य । (हात त अहिले कोरोनाले गर्दा मिलाउन हुँदैन्) ।
तपाई र प्रचण्डको अब मन मिल्छ ? असमझदारी अन्त्य भैसकेको हो ?
अवश्य । मिलिसक्यो । असमझदारी अन्त्य भयो । अब असमझदारी छैन् । मनमनै हात मिलाउन भन्नुहुन्छ भने त्यो पनि मिल्छ । तर, सोझै मिल्दैन् ।
दुई तिहाई बहुमत नेतृत्वको सरकारको नेतृत्व गर्ने अवसर यहाँले पाउनुभयो । अहिले सरकार सञ्चालनको लागि अर्का अध्यक्ष प्रचण्डबाट पूर्ण सहयोग पाउनुभएको छ ?
यो बीचमा केही अन्तरविरोधहरु भएका बखत विरोधको पक्ष जगजाहेर छ । अब त्यस्तो बेलामा विरोधको पक्ष प्रमुख रुपमा अगाडि आएको बेलामा पनि त्यो पनि सहयोग नै थियो भन्नु त्यो बनावटी कुरा हुन्छ । यस्ता केही सन्दर्भहरुबाहेक मैले असहयोग पाएको छैन् । सहयोग पाएको छु उहाँबाट । र, अब झन पारस्परिक सहयोगका साथ अगाडि बढ्ने समझदारी विकास भएको छ ।
त्यसो भए नेकपाभित्र अब पदीय भागबण्डा मिल्यो ?
भागबण्डाको प्रश्नै छैन् । हामी भागबण्डाको लागि राजनीतिक गरिराखेका छैनौं । गर्नुपनि हुँदैन् । प्रश्न भागबण्डाको होईन् । कसले लियो ? र कसले के छोड्यो र ? केही लिने, केही छाड्ने गरेको छैन् । आज देशको आवश्यकत्तालाई हृदयांगम गरिएको हो । महशुस गरिएको हो । आज मिलेर जानु आवश्यक छ । समझदारीपूर्वक जानु आवश्यक छ । सधैं म भइरहने होईन । अरुपनि साथीहरु पछि आएर हुँदै जानुहुन्छ । पछि हुँदै जाने कुरालाई कुनै भागबण्डा भन्नु भएन । पछि त स्वभाविक रुपमा हुँदै जानुहुन्छ नि साथीहरु । त्यसलाई भागबण्डा भन्नु भएन । त्यसो गर्दा कोही घाम, जुन रहिञ्जेलसम्म अध्यक्ष भइरहने, कोही घाम, जुन रहिञ्जेलसम्म प्रधानमन्त्री भैरहने, राष्ट्रपति भैरहने, मन्त्री भैरहनेजस्तो कुरा त हुँदैन् । मुख्यमन्त्री भैरहने भन्ने कुरा त हुँदैन् । यी सबै कुराहरु चाहीँ आवद्यिक हुन् ।
तपाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै रहने भनिएको छ । यहाँ पाँच वर्ष नै प्रधानमन्त्री हुनुहुन्छ, अब प्रचण्डलाई के अधिकार दिँदै हुनुहुन्छ ? जनता जान्न चाहन्छन् ?
उहाँले अहिले पार्टीको सञ्चालनमा आफूलाई मुख्य रुपमा केन्द्रित गर्नुहुनेछ । कार्यकारी अधिकारसहित अथवा उहाँलाई कुनै अधिकार हुँदैन कि भन्ने होईन । कार्यकारी अधिकारसहित उहाँले काम गर्नुहुनेछ । त्यसमा हामीले मंसिर ४ गते नै एउटा समझदारी गरिसकेका थियौं । बीच विभिन्न कारणहरुले गर्दा त्यो समझदारीमा केही त्यसमा अलिकति तलमाथि पर्लाजस्तो स्थिति भयो । तर, हामी फेरि पनि त्यसै विन्दुमा छौं । जे औपचारिक ढंगले सहमति र निर्णय हामीले गरेका थियौं । त्यसैमा हामी छौं । त्यसकारण त्यसबाट तलमाथि हुनपरेको छैन् ।
अब पार्टी चलाउने प्रचण्ड र सरकार चलाउने तपाईंले हो ?
त्यस्तैपनि होईन । किनभने प्रधानमन्त्री म हुँ । तर, पार्टी पनि समझदारीसाथ चल्छ । सरकार पनि समझदारीसाथ चल्छ । एउटा प्रश्न के हो भने पार्टीमा अध्यक्ष दुई वटा हुन्छ । दुई वटा छ । दुई वटा अध्यक्षले अथिरिटी एक्सरसाईज गर्छन् । तर, सरकारमा प्रधानमन्त्रीले प्रधानमन्त्रीको हैसियतामा एक्लै अथिरिटी एक्सरसाईज गर्छ । यसको अर्थ होइन, सरकार मैले एक्लै एकलौटी ढंगले आफ्नै ढंगले मनपरी गर्छु भन्ने होईन । यद्धपी प्रधानमन्त्री अथिरिटी सहित हुन्छ । त्यो कुनै रबरस्ट्याम्प होईन । त्यसले जनताको सार्वभौमसत्तासम्पन्न जनताको अधिकारको प्रतिनिधित्व गर्दै निर्वाचित संसदबाट, जनप्रतिनिधिहरुबाट त्यो जनताको अधिकार समेत पठाएर प्रधानमन्त्री निर्वाचित गर्छ । र, प्रधानमन्त्रीले आफ्नो सहयोगी मन्त्रिपरिषद बनाउँछ । र, मन्त्रिपरिषदले नेपाल सरकारको हैसियतामा देश सञ्चालन गर्छ । यता पार्टीमा, यसो गरिरहँदाखेरि पार्टीका नेताहरुको भूमिका हुँदैन या अर्को अध्यक्षको भूमिका हुँदैन, प्रचण्डजीको भूमिका हुँदैन होईन, भूमिका हुन्छ । उहाँ र म, छलफल र पारस्परिक परामर्श, सल्लाह, सहमति त्यस बाटोबाट अगाडि जान्छौं । सरकार सञ्चालनको सम्बन्धमा पनि । तर, उहाँ प्रधानमन्त्रीको हैसियतामा होईन । एउटा अध्यक्षको हैसियतामा उहाँले रुचि राख्नुहुन्छ । नीति निर्माणमा, निर्णय प्रक्रियामा अनौपचारिक ढंगले सहमति जनाउनुहुन्छ । सहमतिमा जानुहुन्छ । छलफलमा भाग लिनुहुन्छ । तर, प्रधानमन्त्रीको हैसियतले मैले गर्छु । उहाँले कार्यकारी अध्यक्षको हिसाबले गर्नुहुन्छ । मैले पनि उहाँसँग छलफल गर्छु । उहाँले पनि सहमतिको साथ पार्टी चलाउनुहुन्छ । र, दुई अध्यक्ष छन् भन्ने कुरा हामी ध्यान राखेरै त्यसमा असमझदारी नआओस भन्ने कुरालाई ख्याल राखेरै चलाउँछौं । र, मुख्य रुपमा उहाँले पार्टी सञ्चालन गर्नुहुन्छ । किनभने उहाँ त्यसमा केन्द्रित हुने, त्यो हामीले पहिलेदेखि नै भनेका छौं । दुई अध्यक्षमध्ये एक अध्यक्ष सरकारमा पनि हामी छौं, एक अध्यक्ष प्रधानमन्त्री भएको हुनाले सरकारको काममा बढि केन्द्रित हुन्छ । अर्को अध्यक्ष प्रधानमन्त्री नभएको हुनाले पार्टीको काममा बढि केन्द्रित हुन्छ ।
पार्टीलाई एकताबद्ध बनाउनको लागि तपाईले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तत्कालीन माओवादी र एमालेको बीचमा एकताको सूत्रधार पनि तपाई र प्रचण्ड हो । अब यो पार्टी फुट्दैन ? जनतालाई तपाई आश्वस्त पार्न सक्नुहुन्छ ? एक भएर तपाईहरु सदाको लागि जान सक्नुहुन्छ ? आउने महाधिवेशनसम्म ?
एकता गरिएको एकछिनका लागि होइन । यो एकता अलि परतिरसम्म जाऔँ र आफ्नो आफ्नो बाटो लागौँ भनेर होइन । यस देशमा परिवर्तन ल्याउनका लागि मैले आफ्नो भनाई राख्न सक्छु । यस देशमा अग्रगामी परिवर्तनको गतिलाई निरन्तरता दिन यहाँ स्वच्छता, पारदर्शिता, सुशासन कायम राख्दै, भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्दै, शान्ति सुव्यवस्था कायम गर्दै, विकास निर्माणका प्रक्रियालाई अगाडि बढाउँदै अगाडि जाने हो । त्यसका निम्ति स्थिरता, स्थायित्व चाहिन्छ । त्यसका निम्ति ६ महिने, ९ महिने सरकार होइन, १ निर्वाचनदेखि अर्को निर्वाचनसम्मको ५ वर्षको अवधिको सरकार स्थिर चाहिन्छ । अर्को त्यसमा पनि अझ नीतिगत रुपमा उत्तरदायित्वहरुको प्रश्नमा त्यो निरन्तरता होस् भन्ने कुरा त्यसको सुनिश्चितता गर्न राम्रो बहुमत चाहिन्छ । यसर्थ यो एकता एकछिनका लागि गरिएको, अलि परसम्मको यात्राको लागि गरिएको होइन । यो देशलाई पछौटेपनबाट अगाडि बढाएर विकसित देश बनाउने उद्देश्यका साथ, विकृतिहरु हटाएर एउटा सुसभ्य, सुसंगत राष्ट्र निर्माण गर्ने, अशिक्षा हटाएर सुशिक्षित नागरिकहरुको देश बनाउने, रोगव्याधि हटाएर निरोगी नेपाल निर्माण गर्ने, यी तमाम उद्देश्यहरुका साथ चौतर्फी अनेक क्षेत्रका विकासलाई अगाडि बढाउने, ती उद्देश्य बढाउन स्थायित्व, स्थिरता चाहिन्छ । त्यसका निम्ति सुदृढ सरकार चाहिन्छ । यस बाटोमा जानका लागि हामीले यो अभियान थालेका हौँ । त्यसकारण यसबीचमा सरकारको आलोचना गर्नेजस्ता कुराहरु निराधार आलोचना, अरु त विरोधीहरुले त केही विरोधलाई आफ्नो धर्म ठान्नेहरु पनि छन् । यो गलत हो । सही कामको विरोध गर्नु, सही कामको समीक्षा नगर्नु, सही काम देख्दै नदेखेकोजस्तो गर्नु, सही कामभित्र पनि खोट खोज्नु र आलोचना गर्नु यो देशप्रतिको ईमान्दार अभ्यास हो भनेर भन्न सकिँदैन । देशप्रतिको ईमान्दार अभ्यास भनेको गल्तीलाई गल्ती भन्नु, सहीलाई सही भन्नु, त्यस्तो हो । जसरीपनि विरोध गर्नुपर्छ, जसरी पनि अलोकप्रिय बनाउने कोशिस गर्नुपर्छ भन्ने यद्यपि ती कोशिसहरु काम लाग्दैनन् । ती पराजित हुनेछन् । तर पनि अरुले त त्यो गर्ने नै भए । तर आफ्नै पार्टीभित्रबाट पनि समर्थनमा एक शब्द नबोलिनु, विरोधमा कुरा उचालिनु, कसै कसैले अलिक कम बोल्नु तर समर्थनमा बोल्दै नबोल्नु र भित्रभित्र विरोध संगठित गर्नुजस्ता कुराहरु उचित हुँदैनन् । त्यो परिपाटी हामीले अन्त्य गर्नुपर्छ । त्यसरी अन्त्य गर्नका निम्ति एकताका भावनाका साथ काम गर्नुपर्छ । एकीकरणको प्रक्रियालाई अगाडि बढाउनुपर्छ । महाधिवेशन आयोजना गर्नुपर्छ । महाधिवेशनले तद्उपरान्त लगायतका सम्पूर्ण कामकारबाहीहरुलाई निर्देशित गर्नुपर्ने उपयुक्त निर्णयहरु गर्नुपर्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन चैतमा हुने भनेर भनिएको छ । त्यो कति सम्भव छ, त्यो हेर्न बाँकी छ । कोरोनाको कहर कसरी अगाडि बढ्छ, त्यसपछि मात्र एउटा निर्णय होला, सम्माननीय प्रधानमन्त्रीज्यु, अहिलेको अवस्थामा तपाई र प्रचण्डको बीचमा आगामी दिनमा पनि सहमतिकै साथ जाने एउटा सहमति भएको छ । हस्ताक्षर दुबैजनाले गर्नुभएको छ । पार्टीको महाधिवेशनको नेतृत्व चयन पनि सहमतिकै आधारमा हुन्छ ? महाधिवेशनपछि प्रचण्ड नै अध्यक्ष बन्नुहुन्छ ? कि पार्टी अध्यक्ष फेरि तपाई नै बन्नुहुन्छ ?
पार्टीले एकताका साथ महाधिवेशन गर्ने हो । सहमति नै नगर्दा फेरि समस्याहरु पैदा हुन सक्छन् । त्यसकारण सहमतिका साथ जानुको विकल्प छैन । सहमतिकै साथ जानुपर्छ । यद्यपि महाधिवेशन लोकतान्त्रिक अभ्यासको थलो हो । सहमति लोकतान्त्रिक अभ्यासको उच्चतम रुप हो । सहमति गर्न पाइँदैन लोकतन्त्रमा भन्ने होइन । लोकतन्त्र भनेको झगडामात्र गर्ने व्यवस्था, मतभेद नै गर्ने व्यवस्था, सहमत हुनै नपाईने व्यवस्था, खाली मतभेद र झैझगडाको व्यवस्था त होइन । त्यसकारण मतभेद रहेमा मतभेद प्रकट गर्ने एउटा कुरा हो तर सहमति लोकतन्त्रको उच्चतम रुप हो ।
त्यसोभए महाधिवेशनपछि पनि सहमतिकै आधारमा नेतृत्व चयन हुन्छ ? नेतृत्वमा के.पी. शर्मा ओली र प्रचण्डबीच सहमति हुन्छ ?
सबैको बीचमा हुन्छ ।
अध्यक्ष तपाईले छोडिदिने, प्रचण्डलाई अध्यक्ष बनाएर पूर्ण रुपमा अधिकार दिने हो महाधिवेशनपछि ?
अहिले त्यस विषयमा नजाऔँ । त्यस विषयमा जाँदा थप विवादका कुराहरु निस्कने सम्भावना हुन्छ । फेरि मैले के पाउँछु त भन्ने कुरा फेरि सुरु हुनसक्छन् । त्यसकारण अहिले कसले के पाउँछ महाधिवेशनमा भन्ने कुरा महाधिवेशनलाई नै सुम्पिदिऔँ, महाधिवेशनलाईनै जिम्मा लगाऔँ । महाधिवेशनले विवेकसम्मत उपयुक्त निर्णय गर्छ भन्ने विश्वास गरौँ । महाधिवेशनले एकताको पक्षमा योगदान गर्छ भन्ने विश्वास गरौँ । महाधिवेशनले अनेकताका लागि खेती गर्छ भन्ने विश्वास नगरौँ । एकताको पक्षमा नै महाधिवेशनले योगदान पु¥याउँछ भन्ने विश्वास गरौँ । सही नीति निर्माणमा योगदान पु¥याउँछ भन्ने कुरामा विश्वास गरौँ । सही संरचना तयार गर्छ भन्ने कुरामा विश्वास गरौँ । उपयुक्त पात्रहरुको छनौट गर्छ भन्ने कुरामा विश्वास गरौँ । महाधिवेशन सर्वोच्च थलो भएकाले सर्वोच्च विश्वास त्यसमाथि हामीले राख्नुपर्दछ ।
महाधिवेशन त सहमतिकै साथ हुनुपर्छ, तपाईहरू दुबै अध्यक्ष तयार हुनुभएको छ तर नेतृत्व चयनमा प्रतिस्पर्धा हुन सक्छ, त्यतिखेर ? सम्भावना के छ ?
प्रतिस्पर्धाको आवश्यकता नपर्न सक्छ नि, हामी मिलेर गएपछि । सहमतिका साथ गएपछि प्रतिस्पर्धा नै किन ? हुन पनि सक्ला तर प्रतिस्पर्धा किन चाहियो र ? सहमति भयो भने सहमति हुँदै नहुने भन्ने कुरा छैन ।
तपाईले माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्दाखेरि धेरै सहयोग गर्नुभएको थियो, समर्थन गर्नुभएको थियो । तर अहिले आएर माधवकुमार नेपाल र तपाईबीचको सम्बन्ध किन बिग्रियो ? किन चिसोपन आयो भन्नुस् त ।
मेरो तर्फबाट उहाँसँग केही पनि छैन । अब बाँकी कुरा उहाँलाई सोध्नुस् न । मेरो तर्फबाट केही छैन ।
तर माधवकुमार नेपाल र तपाईबीचमा तपाई प्रधानमन्त्री भईसकेपछि चिसोपन बाहिर आयो नि त ? दुबै नेता मिलेर जानुपथ्र्यो भन्नेहरू पनि छन् । पूर्व एमालेको बीचमा फाटो आएर कसलाई फाइदा भयो, भन्नुस् त । पूर्व माओवादी केन्द्रलाई फाइदा भयो ?
होइन, कसैलाई पनि फाइदा हुँदैन । अब मेरो विचारमा पूर्व एमाले, पूर्व माओवादी केन्द्र भन्ने हिसाबले जानु पनि हुँदैन एउटा कुरा । त्यो धारणा सवा दुई वर्ष अगाडिको कुरा हो । सवा दुई वर्ष अगाडिको कुरा फेरि हामीले त्यहीँ फर्केर, त्यही भावना, हामी अलग अलग थियौँ भन्ने सम्झेर जब एक ठाउँ भईसकेपछि फेरि एकता भईसकेपछि अनेकताको अवस्थामा भिन्न रहेको अवस्थाका कुराहरू सम्झिएर यो पक्ष एकजुट हुनुपथ्र्यो, यो पक्ष एकजुट हुनुपर्दैनथ्यो भन्ने कुरा होइन । सबै पक्ष, दुबै पक्ष, सबै नेता, सबै कार्यकर्ता एकजुट हुनुपथ्र्यो । कमी एकजुट नगर्ने, गर्न नदिने भयो, त्यसलाई अब रहन दिनुहुँदैन ।
अब फुटिसकेको कम्युनिष्ट पार्टीको जुन किसिमको एकताबद्धताको आजको आवश्यकता थियो, जनता खुशी भएका छन् । कार्यकर्ताहरूले देशभरि भनेका छन् । एक भएर जाने हो भनेर कार्यदलको प्रतिवेदन आईसकेपछि वामदेव गौतमको जुन ६ बुँदे प्रस्ताव आयो, त्यो सञ्जीवनी बुटि भयो, पार्टीको लागि ? एकताको लागि ?
त्यसले पनि एउटा सकारात्मक भूमिका खेल्यो । सञ्जीवनी त किन मर्न नै लागेको थिएन, पार्टी ।
तर फुटिसकेको थियो नि त पार्टी ?
होइन, फुटेको थिएन । समस्याहरू थिए । ती समस्याहरूले समाधान खोजिरहेका थिए । ती समाधान खोज्ने क्रममा उहाँको प्रस्ताव पनि एउटा महत्वपूर्ण पक्ष हो । त्यसले महत्वपूर्ण सकारात्मक योगदान गरेको छ ।
मन्त्रीमण्डल पुनर्गठनको कुरा कति जायज छ, कति सम्भव छ ? अहिलेको आवश्यकता हो, सम्माननीय प्रधानमन्त्रीज्यु, तपाई प्रधानमन्त्री भएको साढे दुई वर्ष भयो । तपाईले समीक्षा गरिरहनुभएको छ । राइट टाइम राइट गोल गर्न तपाई तयार हुनुभएको हो, मन्त्रीमण्डल पुनर्गठन गरेर ?
मन्त्रीपरिषदको गठन, पुनर्गठन आवश्यकताले गरिने हो । त्यो म विचार गर्दैछु, हेर्दैछु, समीक्षा गर्दैछु । मुख्य कुरा यो प्रधानमन्त्रीले विचार गर्ने कुरा हो । कि पुरानै साथीहरूलाई लिएर अगाडि जान सकिन्छ वा त्यसमा आंशिक हेरफेर गर्नुपर्छ वा पुन हेरफेर गरेर नयाँ टिमका साथ अगाडि बढ्दा, बढी गतिशीलताका साथ, सफलताका साथ अगाडि जान सकिन्छ भनेर प्रधानमन्त्रीले विचार गर्ने कुरा हो त्यो । म त्यसमा विचार गरिरहेको छु ।
तर बाहिर चर्चा सुरु भईसक्यो । प्रतिवेदन आईसकेपछि, तपाईको हातमा परिसकेपछि मन्त्रीमण्डल पुनर्गठन हुने, केही मन्त्रीहरू घट्ने, नयाँ मन्त्रीहरूको इन्ट्रि हुने र मुख्यमन्त्रीहरू परिवर्तन हुने, १ नम्बर प्रदेशको, बागमती प्रदेशको अनि त्यहाँ नयाँ मुख्यमन्त्रीहरू बनाउने चलखेल सुरु भएको छ, छलफल सुरु भएको छ भन्ने पनि छ नि त बाहिर ? वास्तविकता के हो ? जनतालाई आश्वस्त पारिदिनुस् न, सम्माननीय प्रधानमन्त्रीज्यु ?
डेढ वर्षपछि स्थानीय तहको लगभग चुनाव हुन्छ । लगभग चुनावको माहोल सुरु हुन्छ । त्यस चुनावमा जितेर आएपछि सबै प्रदेशका मुख्यमन्त्रीहरू दोहोरिन पनि सक्छन्, नदोहोरिन पनि सक्छन्, नयाँ आउन पनि सक्छन् । यति साधारण कुरालाई यत्रो मिडियाले सोधिरहनुपर्ने कुरा हो र ? चुनावपछि जसरी प्रधानमन्त्री परिवर्तन हुन्छ, त्यसैगरी मुख्यमन्त्रीहरू पनि चुनावपछि परिवर्तन हुन सक्छन् । चुनावपछि उही प्रधानमन्त्री पनि आउन सक्छ । अर्को पनि आउन सक्छ ।
चुनावपछि फेरि पनि त के.पी. ओली प्रधानमन्त्री भएर आउनुहोला । के भन्नुहुन्छ ?
आउन पनि सक्छ । नआउन पनि सक्छ । यो सैद्धान्तिक कुरा हो र उसले इच्छा गर्न पनि सक्छ, नगर्न पनि सक्छ । पार्टीले जा भन्न पनि सक्छ, नभन्न पनि सक्छ । ससंदीय दलले छान्न पनि सक्छ, नछान्न पनि सक्छ ।
अहिले बीचमा कुनै पनि मुख्यमन्त्रीहरू परिवर्तन हुने सम्भावना छैन ?
हामी अस्थिरताको पक्षमा अनावश्यक स्थिरता देशमा हुनै नदिने खालको कसलाई के हुनुपरेको छ, त्यस आधारमा हामी निर्णय गर्दै हिँड्दैनौँ ।
अब अर्थमन्त्री परिवर्तन हुन्छ कि हुँदैन ? सबैको ध्यान युवराज खतिवडातिर छ । तपाई ५ वर्षको अर्थमन्त्री बनाउन चाहनुहुन्छ, उहाँलाई । उहाँलाई तपाई दोहो¥याउँदै हुनुहुन्छ ? सासंद फेरि बनाउँदै हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यु ?
दुई/चार दिन हेरौँ न । २० गते त आउनै लागिहाल्यो । अहिले भविष्यवाणी गर्नु त्यति उचित हुँदैन ।
अर्थमन्त्री युवराज खतिवडाले राम्रो काम गर्नुभएको छ, तपाई सन्तुष्ट हुनुहुन्छ ?
राम्रो गर्नुभएको छ ।
कार्यशैलीलाई लिएर असन्तुष्टिहरू पनि बाहिर आईरहेको छ नि ।
कार्यशैली त कसलाई कसको मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ? धेरैले ऋषि धमलाको टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् सञ्चालन गरेको मन पराउँछन्, केहीले मन पराउँदैनन् । कसैलाई बोल्ने शैली मन पर्दैन । कसैलाई के मन पर्दैन । त्यो आफ्नो आफ्नो कुरा हो । त्यो कमेन्टहरू हेर्छु मैले । कतिले विपक्षमा लेखेका हुन्छन् । कतिले पक्षमा लेखेका हुन्छन् । सत्य जे हो, त्यसै अनुसार चल्नुपर्छ, कमेन्टका पछि होइन । म कमेन्टका पछाडि चल्नेभन्दा सही कुरा जे हो, तथ्य जे हो, त्यसको पछाडि चल्छु ।
त्यसोभए अहिलेका क्याबिनेटका मन्त्रीहरू, उपप्रधानमन्त्री सबै ईश्वर पोखरेलदेखि सबैले रामबहादुर थापा (बादल) लगायतका सबै मन्त्रीहरूले राम्रो काम गरेका छन् ? तपाईको स्पिडलाई साथ दिएका छन् ? तपाईको भिजनलाई सफल बनाउन लागेका छन् ?
लागेका छन् ।
तपाईको कुनै पनि मन्त्रीप्रति असन्तुष्टि छैन ?
छैन । तर के हुन सक्छ भने मैले अघि नै भनेँ, मन्त्रीपरिषदमा हेरफेर भनेको कुरो यो एकदम स्थिरता, स्थायित्वसँग जोडिएको कुरा, मन्त्रीपरिषदमा हेरफेर भएर स्थिरता, स्थायित्वमा तलमाथि पर्ने कुरा होइन । प्रधानमन्त्रीलाई आफुले यसपटक ५ वर्षको कार्यकालमा दिइने परिणामहरू कसरी प्रभावकारी हुन सक्छन् ? कसरी प्रभावकारीताका साथ अगाडि बढ्छन् ? त्यस कुरालाई जाँच्ने हो । यदि मेरो नजरमा युवराज खतिवडाभन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला कि त भन्ने अपेक्षा भयो भने उसलाई जिम्मा दिन सकिन्छ । युवराज खतिवडाबाटै राम्रो हुन्छ भन्ने लागेमा त्यो पनि हुन सक्छ । अथवा कहिलेकाही राजनीतिमा विभिन्न कारणहरूले पनि अर्थ राख्न सक्छन् । तर त्यो मुख्य रूपमा प्रधानमन्त्रीले आफ्नो कामलाई सफल बनाउनका निम्ति मन्त्रीपरिषदको हिसाबमा त्यसको अरू पक्षहरू के छन्, तिनीहरू पनि केलाएर कसो गर्दाखेरि उपयुक्त हुन्छ, समग्रतामा निष्कर्ष के निस्कन्छ, परिणाम के आउँछ, हो त्यसलाई हेरेर निष्कर्ष निकाल्ने हो ।
वामदेव गौतमलाई तपाईले विशेष जिम्मेवारी दिँदै हुनुहुन्छ भन्ने नेपाली राजनीतिमा चर्चा, परिचर्चा, बहस सुरु भएको छ, सम्माननीय प्रधानमन्त्रीज्यु, तपाई राम्रोसँग अध्ययन गरेको बुझेको राजनेता हो । उहाँले कुनै जिम्मेवारी पाउँदै हुनुहुन्छ ? राष्ट्रिय सभाको सदस्य हुने सम्भावना छ ?
त्यस्तो कुनै निर्णय पार्टीको छैन ।
तर सचिवालयको बैठकले त वामदेव गौतमलाई राष्ट्र्यि सभाको सदस्य बनाउने निर्णय त गरेको हो नि ?
निर्णय एकपल्ट गरेको थियो । त्यसमा उहाँलाई प्रतिनिधिको चुनावमा लडाउने भन्ने कुरा भएपछि त्यो निर्णय समाप्त भयो र उहाँ त्यसरी राष्ट्रिय सभामा नजाने भनेपछि त्यो निर्णय समाप्त भयो ।
कोभिड १९ नियन्त्रणको लागि तपाई करिब करिब १८ घण्टा काम गरिरहनुभएको छ । तर परिणाम जनताले पाएका छैनन् । ईश्वर पोखरेलको यो कमिटिलाई विघटन गरेर जानुपर्छ भन्ने बहस पनि सुरु भएको छ तर आजको आवश्यकता हो ?
एउटा के भने नेपालमा मात्रै यस्तो हुन्थ्यो भने त विरोधीहरू चम्केर खप्न, खान हुँदैनथ्यो । तर यो विश्वव्यापी रूपमा महामारी रूपमा आएको अत्यन्तै घातक संक्रामक रोग कोभिड १९ जसले मानवजातिको भविष्यलाई हल्लाइदिएको छ । आज मानव जीवनलाई थर्कमान बनाएको छ । आज अर्थतन्त्रलाई बहुतै गम्भीर समस्यामा फालेको छ । यसले भविष्यमा कस्तो रूप लिन्छ, त्यो अझै टुंगो लागिसकेको छैन । यसको समाधान कहिलेसम्ममा हुन्छ, त्यो अझै टुंगो लागिसकेको छैन । काम गरिरहेको व्यक्ति परिवर्तन गरेर केही हुन्छ जस्तो मलाई लाग्दैन । किनभने हाम्रो जनताको चेतनाको स्तर के छ भने यो जे कदमहरू चालिरहेको छ सरकारले, त्यो सरकारका लागि चालिरहेको छ, आफ्नो जीवनरक्षाका लागि हो भनेर जनताले त्यति राखेका छन् । एउटा हिस्सा, यो आफ्ना लागि गरिदिएका छन् भन्ने कुरा बुझिरहेका छैनन् । सरकारका प्रयासहरू केही पनि नभएको हो, तयारी केही पनि नभएको ठाउँमा, अहिले हामी २३÷२४ हजार पि.सि.आर टेस्ट प्रतिदिन गर्छौँ । त्यो सानो कुरा होइन । अर्को गरिब, धनी केही नछुट्याईकन कोभिडसम्बन्धी सम्पूर्ण उपचार सरकारले आइसालेसनमा राखोस् कि, क्वारेन्टाइनमा राखोस् कि, उपचार गराओस् कि, हस्पिटलमा राखोस् कि, पि.सि.आर टेस्ट गरोस् कि, यो सबै कुरा त सरकारले व्यहोरिरहेको छ । अर्थतन्त्र हो, ओरालो लाग्ने । खर्च बढ्ने तर सरकारले सम्पूर्ण खर्च त्यसबापत व्यहोरेको छ । त्यो असाधारण कुरा होइन र ? हाम्रै छिमेकमा त्यस्तो हुन सकेको छैन । तर हामीकहाँ त्यसप्रकारको व्यवस्था छ । लकडाउन सुरुमा गरियो, लकडाउन गरुन्जेलसम्म समस्या नियन्त्रणभित्र थियो । सधैँ लकडाउन गर्ने कुरा भएन । लकडाउन सुरुदेखि नै तोड्नुपर्छ भन्ने उतावला कुराहरू, गाडीमा मान्छेहरू आउनोस्, गाडीमा हामी पठाउँछौँ, हामी ल्याउँछौँ भनेर सुरिने, त्यस्ता खालका प्रवृत्तिहरू देखिए र कसले कारबाही गर्छ, हेरौँ, हामी अवज्ञा गर्छौँ भन्ने खालका त्यो आदेशहरू कसका लागि जारी गरिएको छ, सरकारले । त्यो प्रबन्धहरू कसका लागि गरेको छ, सरकारले ? कुरा नबुझ्ने अनि मान्दैनौँ भन्ने ? इनफ इज इनफ भनेर के अर्थ हो इनफ इज इनफ भनेको ? कोभिड १९ अब पुग्यो, अब फिर्ता जा भनेको हो कि ? के भनेको इनफ इज इनफ ? रकम तल पठाइयो । रकमबिना त स्थानीय तहले केही पनि गर्न सक्दैन नि । कहाँ गयो रकम भन्छन् ? तल पठाईएको छ, स्थानीय तहहरूमा पठाईएको छ त घरघरमा व्यक्ति व्यक्ति त पाउने कुरा भएन नि । जिउमा बेसार दलेर हिँड्नेहरूले त पाउने कुरा भएन । अनि खोइ रकम, अनि यसमा भ्रम फिँजायो, केही मिडियाहरू छन् । जो अत्यन्त हानिकारक ढंगले लागेका छन् । त्यस्ता मिडियाहरू पनि छन् । उनीहरू देशप्रति जिम्मेवार भए पुग्छ । सरकारप्रति जिम्मेवार हुनुपर्दैन । तर इतिहासमा कहिले बनाउनुपर्छ भन्ने नै नसोचेको ठाउँमा अहिले चांग्रु, टिकंर जाने बाटो जो पहरा नै पहरा छ, त्यसलाई खोलेर अहिले बाटो बनाइदैँछ । कम्प्लिट हुन अलिकति बाँकी छ । अलिकति पूरा भएको छैन । बाटो बनाउन थालेपछि अब त्यहाँ मान्छे जान सक्ने भयो । त्यहाँ गएर तमाशासँगले फोटो खिच्ने, सरकारको विरोध गर्ने, कोही मान्छे उभ्याउने त्यहाँ, यस्तो आलोचना के हे¥यो सरकारले भन्ने ? अहिलेको सरकारले त के हे¥यो होइन, बाटो बनाउँदैछ । बनायो अहिलेको सरकारले । अहिलेसम्म त कसैले बाटो त बनाएको थिएन । राम्रो गर्न खोजिरहेको छ । हेलिकप्टरबाट खाद्यान्न पु¥याएको छ । आवश्यक सामग्रीहरूको आपूर्ति हेलिकप्टरबाट पु¥याएको छ । कोही अनुदानस्वरूप, कोही अत्यन्त सस्तो मूल्यमा, त्यसरी उपलब्ध गराएको छ । त्यो त पोजिटिभ कुरा हो भनेर देख्नुप¥यो नि । यस्तोमा विरोध गर्ने केही छ ? नयाँ काम राम्रो गरिरहेको छ । सानो त्यस्तो पहरामा ज्यान जोखिममा राखेर काम गरिरहेको छ । धन्यवादको एक शब्द छैन । अहिलेको सरकारले गर्न थाल्यो, सेनाले यसरी गरिरहेको छ, पहरामा हामी त जान सक्दैनौँ । सेना पनि त मान्छे नै हो । त्यहाँबाट फिस्लिक्क तल खस्यो भने ऊ पनि महाकालीमा नै खस्छ । ज्यान भेटिदैँन । सेना त्यसरी काम गरिरहेको छ भने त्यसप्रति कृतज्ञभाव हुनुपर्दैन ? अनि भीर देखाउने खिचेर ? त्यसकारण यो प्रवृत्ति जुन छ एउटा, सरकारले राम्रो काम गरेको छ । यस्ता प्रतिकुलताहरूको सामना गरेको छ । त्यो चर्चा नगर्ने अनि त्यसलाई नराम्रो ढंगले चित्रण गर्ने, अहिले बाटो बन्न थालेको छ, त्यसको विरोध छ । त्यो थाल्नेबित्तिकै बनिसक्छ त, बन्दैछ ।
तर अन्तक्र्रिया त तपाईले विभिन्न पक्षसँग गरिरहनुभएको छ नि त । कोरोनाको कहरको नियन्त्रणको लागि ? रोकथामको लागि तपाई प्रत्येक दिन छलफलम हुनुहुन्छ । विभिन्न पक्षसँग तपाईले छलफल गरिरहनुभएको छ । परिणाम त जनताले पाएका छैनन् नि त ?
किन परिणाम जनताले पाएका छैनन् ? यदि सरकारले यति व्यवस्था नगरेको भए त यो त भयावह स्थिति, उहिले नै यो त आतंकको एउटा भयानक अवस्थाभित्र पथ्र्यो । कति ज्यान जान्थ्यो । अहिले सरकारले कतिजना सुरक्षाकर्मीलाई संक्रमण भएको छ । कति सेनालाई, कति प्रहरीलाई, कति सशस्त्र प्रहरीलाई, कति स्वास्थ्यकर्मीलाई, कति डाक्टरलाई, कति नर्सलाई, उनीहरू चुप लागेर घरमा बसेको भए त सर्दैनथ्यो होला नि । उनीहरू त आफु एक्स्पोज भएर उपचार दिँदाखेरि ज्यान खतरामा परेको छ । आफ्नो ज्यान गुमाएर उपचारमा संलग्न हुने यसप्रति कृतज्ञता हुनुपर्दैन ? सेनाले त्यहाँ रहरले गएर संक्रमण फैल्याएर आएको हो ? प्रहरीले त्यहाँ संक्रमण गराएको हो ? त्यो ठाउँमा आफु उभिन परेको भए के हुन्थ्यो ? जुनसुकै जोखिम मोलेर उसले त्यहाँ काम गरिरहेको छ, त्यो देख्नुपर्दैन ? अनि सरकारले केही पनि गरेन, सरकार भनेको के ? कर्मचारीहरू, सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू खटिरहेका छन् । दिन भनेका छैनन्, रात भनेका छैनन् । निन्द्रा भनेका छैनन्, भोक भनेका छैनन् । २३००० टेस्ट हुन्छ दिनमा । पोजिटिभ पाइयो भने कोसँग सम्पर्क रहेछ भनेर ट्रेसिङ हुन्छ । फैलिन नपाओस् भनेर यस्ता विधिहरू अपनाएको छ ।
तर तपाई स्वास्थ्यमा पनि एकदमै जानकारी राख्ने व्यक्तित्व हुनुहुन्छ, नेपाली राजनीतिमा । किनभने सुरुदेखि नै तपाईले स्वास्थ्य क्षेत्रमा रुचि पनि दिनुभयो । जानकारी पनि राख्नुभएको छ । तर पूर्वतयारीमा सरकार चुक्यो भन्ने धेरैको कुरा आयो नि ?
अवश्य अवश्य, यो कोभिड आउला भन्ने तयारी थिएन । पोहोरको साल, परारको साल तयारी गर्नुपथ्र्यो नि कोभिडको, ज्योतिषीले पनि कोभिड-१९ आउँछ भन्ने भविष्यवाणी गरेको थाहा छैन, मलाई । कुनै साइन्टिस्टले पनि कोभिड आउँदैछ है भनेर भनेको थाहा छैन । यो विश्वका कुनै पनि देशले पूर्वतयारी गरेको थिएन । बिना पूर्वतयारी कोभिड आइलाग्यो । अमेरिका, रुस, चीन, जापान, भारत, नेपाल, बंगलादेश, कोरिया, ब्राजिल, स्पेन, इटाली, पेरु, जर्मनी, बेलायत, फ्रान्समा कहाँ कहाँ हुन्छ, कही पनि पूर्वतयारी थिएन । यो अचानक आयो । यो आतंकको रूपमा आयो । म प्रधानमन्त्री नभएर अरू कोही प्रधानमन्त्री भएको भए २/३ वर्ष अगाडिदेखि तयारी गरेर राख्नुहुन्थ्यो, कोभिडको ? आइसोलेसन क्याम्पहरू बनाएर राख्नुहुन्थ्यो ? अथवा क्वारेन्टाइनहरू बनाएर राख्नुहुन्थ्यो ? जुन आलोचनाको कुनै आधार, कुनै दम्भ छैन । कुन ज्योतिषीले पूर्वतयारी गथ्र्यो । हामी स्वास्थ्यस्थितिको जनरली इम्प्रुभ गरिरहेका थियौँ । हाम्रा स्वास्थ्यनीति ठिक छन्, फेरि पनि । हामीले निरोगी नेपाल बनाउनुपर्छ । निरोगी नेपाल बनाउने भनेको उपचार गरेर होइन, निरोगी बनाएर हो । त्यसपछि ट्रमा, दुर्घटना आदिमा पनि व्यवस्थापन गर्छौँ । खाना भन्नेबित्तिकै स्वस्थ खाना, उचित खाना, उचित समयमा, उचित मात्रामा, पौष्टिक खालको खाना, यी कुराहरूमा जाला । हाम्रो नीति त संक्रमण हुन नदिने हो । तर खुल्ला सिमाना, बाहिरको ह्वात्तै आगमन, त्यसबाट हामीले विस्तारै विस्तारै संक्रमण रोक्न सकेनौँ । लामो समय हामीले रोक्न खोज्यौँ र सफलता साथ अडियौँ पनि । ठुलो समस्याको कुरो थिएन । १ जना पनि मर्न पाएको थिएन, लामो समय । दुनियाँमा लाखौँको मृत्यु भईसकेको छ, हामीले १ जना मर्न दिएका थिएनौँ । संक्रमण समुदायमा हुनै दिएका थिएनौँ जो संक्रमित आयो, त्यसैमा सिमित राखेका थियौँ । तर अब जनतामा सचेतनाको कमी र अरू केही कारणहरू जसले गर्दा संक्रमण समुदायमा पनि गयो ।
प्रतिपक्षले पनि आरोप लगाएको छ, सरकार पूर्ण रूपले सफल भएन, कोरोना रोकथाम र नियन्त्रणको लागि भनेर ? शेरबहादुर देउवाले भन्नुभएको छ । के भन्नुहुन्छ ?
उहाँले भन्नु बेग्लै कुरा हो । कहाँ असफल भयो ? कहाँलाई उहाँ आदर्श मान्नुहुन्छ, भारत ? अथवा उहाँ भएको भए सफल हुनुहुन्थ्यो ? अमेरिका, इटाली, बेलायतमा कहाँ सफल भयो ? कहाँ क्षति भएन ? बहुत सफलताका साथ क्षतिलाई न्युन राख्न सफल भयो । फेरि पटक पटक फर्केर आइरहेको छ कोरोना । फेरि त्यसले सामाजिक जनजीवन, आर्थिक गतिविधि, स्वास्थ्यस्थिति, हरेक कुरामा फेरि त्यसले नकारात्मक असर पारिरहेको छ । विपक्षीको त धर्म नै हो । विपक्षीको विरोध गर्नु धर्म होइन, सत्य बोल्नु धर्म हो । हरेकको सत्य कुरा बोल्नु धर्म हो । आफ्ना कुरा, योजनाहरूलाई अगाडि सार्नु, हामी यसो गर्छौँ, हाम्रा योजनाहरू यो छ भनेर भन्नु त्यो एउटा सकारात्मक कुरा हो । निराधार आलोचना गर्नु जसको कुनै पुस्ट्याइँको कुरा छैन । त्यस्ता कुरा गर्नुको केही अर्थ छैन ।
जनता सुरक्षित हुन चाहन्छन्, कोरोनाबाट जनतालाई बचाउनुपर्छ । अब तपाईसँग कस्तो किसिमको रणनीति छ त, रोकथाम र नियन्त्रणको लागि ? उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सबै पक्षलाई एक ढिक्का बनाएर तपाईको नेतृत्वमा देशव्यापी अभियान चलाउने पक्षमा तपाई हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यु ? त्यो आजको आवश्यकता हो ?
यो पोलिटिकल मान्छेहरू एक ठाउँमा जम्मा भएर साझा संयन्त्र बनायौँ, अब स्टप भनेर संयुक्त बक्तव्यद्वारा आदेश जारी गर्ने कोरोनालाई, ठीक हुन्छ ? कि सरकारले गर्ने काम ्प्रभावकारी ढंगले स्वास्थ्यक्षेत्रको उचित परिचालन, व्यवस्थापन, उपकरण, औषधीहरूको व्यवस्थापन, क्वारेन्टाइन, आइसोलेसनहरूको व्यवस्थापन, हल्ला गरे जस्तो के पुगेको छैन, क्वारेन्टाइन पुगेको छैन ? क्वारेन्टाइनमा बस्न नपाएको कहाँ छ ? बाहिर देशहरूमा त घरघरमा सेल्फ क्वारेन्टाइनमा बस, कतिपय देशहरूले उपचार खर्च कसैलाई पनि गर्दैन । सिम्टम देखियो भने हस्पिटल जाऊ, जचाऊ अनि घर आऊ । तर हामी त त्योभन्दा बेग्लै स्वास्थ्यनीति अनुसार गईरहेका छौँ । त्यसमा अलिकति सुधार गर्नुपर्ने हुन सक्छ । जसको कोही छैन, त्यसको सरकार छ । जो आफै सम्पन्न छ, उसले गर्न सक्छ । त्यसमा अलिकति सुधार र परिमार्जन गर्नुपर्ने हुन सक्छ । किनभने सधैँ सरकारको आम्दानी नहुने, अर्थतन्त्रमा गम्भीर समस्या पैदा हुने, सरकारले खर्चजति गर्दै जाने अनि सबैका लागि खर्च सरकारले व्यहोर्नुपर्ने, यो आवश्यक छैन । सम्पन्न मान्छेहरूले स्वाब टेस्ट आफै गर्न सकिँदैन ? सरकारले नै गर्नुपर्ने भनेर त्यस्ता सम्पन्नका लागि होइन । गरिबका लागि जो सक्दैनन् । जो हस्पिटलको खर्च व्यहोर्न सक्दैनन्, त्यस्ताको सरकारले गर्नुपर्दछ । यसमा हामी विचार गर्दैछौँ ।
कोरोनाको संक्रमितको विरामीहरूलाई कुनै समस्या हुँदैन ? सबै किसिमको व्यवस्था सरकारले गर्न सक्छ ?
गर्छ । अहिले पनि गरिरहेृको छ । जति गरिरहेको छ, त्यस अनुसारको व्यवस्था हामी गरिरहेका छौँ । मान्छेको मृत्यु धेरै कारणले भएको हुनसक्छ तर मृत्यु कसरी भयो भन्दा कोरोनाको कारणले गर्दा भयो भन्ने अवस्था छ । वास्तवमा कोरोनाबाट नै सबै मरेको स्थिति छैन । तर स्वाब टेस्ट गर्दाखेरि मृत्युपछि पनि पोजिटिभ पनि पाईएको छ । तर त्यसको कुनै लक्षण पनि थिएन । त्यसले मृत्यु भएको पनि होइन । त्यो पाइएपछि विश्व स्वास्थ्य संगठनकोृ नियमको हिसाबले त्यसलाई पनि कोरोनाले नै निधन भएको मान्नुपर्छ, भनेर त्यो मृत्युलाई पनि कोरोनाबाट भएको मृत्यु भनेर जोडिने गरिएको छ । यो मृत्यु त भईरहेको हो । नेपालमा मृत्यु हुनेको दैनिक संख्या डेढ सय जति होला ।
हिजो ११ जनाको मृत्यु भयो, कोरोनाको कारणले गर्दा ?
त्यो ११ जनामध्ये सबै कोरोनाको कारणले मृत्यु भयो भन्न मिल्दैन । अरू कारणले मान्छे विरामी भएको हुनसक्छ । यदि त्यसम कोरोना पाइयो भने त्यो कोरोनाले नै निधन भएको भन्ने मान्नुपर्छ । त्यसकारण यो तथ्यांक एक्ज्याक्ट कोरोनाले नै मृत्यु भएको मान्न पर्ने भयो । तर त्यस्तै भएको हुँदैन । त्यो कोरोनाकै कारणले निधन भएको हुँदैन ।
तर भयावह स्थिति आयो, महासंकट आयो भने यसलाई बचाउन हामीले कुनै एउटा गुरुयोजना बनाउनु पर्दैन ? अब रणनीति त परिवर्तन गर्नुपर्दैन र ?
परिवर्तन त्यस्तो संरचना गर्नुपर्ने होइन । नयाँ केही संरचनाहरू निर्माण गर्नुपर्ने, इक्वीपमेन्ट थप्नुपर्ने र अरू स्वास्थ्यकर्मीहरूलाई त्यसमा ट्रेनिङका साथ डाइभर्ट गर्नुपर्ने, केही हुन सक्छ । तर त्यस बाहेक कुनै एउटा पृथक प्रणाली, विधि त्यस्तो ल्याएर हुन्छ जस्तो अहिलेसम्म मलाई त्यस्तो लागेको छैन । कमसे कम २ मिटरको दूरी कायम राखौँ, मास्कको प्रयोग गरौँ । अहिले हामीले २ मिटरको दूरी कायम गरेका छौँ । हामीमध्ये एकजनाले मास्क लगाउनुभएको छ । एकजनाले लगाउँदा मैले अहिले लगाएको छैन । दुईजनाले लगाउँदाखेरि अझ बढी प्रोटेक्टिभ हुन्छ । यो दूरीमा सर्दैन भन्ने कुरा हो । अर्को तपाई पनि स्वस्थ नै हुनुहुन्छ, म पनि स्वस्थ नै छु । तर सामान्यतया अलिकति नजिक जानुप¥यो भने कुरा गर्दाखेरि आएको छिट्टाहरू उडेर जाने स्थानमा छौँ भने त्यस्तोमा होशियार हुनैपर्छ । साबुनपानीले हात धुने महत्वपूर्ण कुरा हो त्यो । औषधीय गुणयुक्त खानाहरू हामीले खाने गरेका छौँ । यस्तो परिस्थितिमा त्यस्ता खानाहरूमा अलिकति बढी जोडहरू दिने गर्नुपर्दछ ।
बेसार पानी जनताले प्रत्येक घरमा खाएको मैले देखेको छु । कतिपयलाई त्यो मजाकको विषय बनेको छ । अहिले टर्मरिक मिल्क भनेर दूधमा बेसार हालेर बनाएको छ । अर्को देशले टर्मरिक चकलेट बनाएको छ । बेसार हालेर चकलेट । चकलेट खाँदाखेरि पनि बेसारको गुण आउँछ । एक ढंगले भन्ने हो भने अहिले दुनियाँमा बेसारको सर्टेज भईरहेको छ । बेसारको उत्पादनमा ध्यान दिनुपर्ने कुरा छ । युरोप, अमेरिकाले चाहे जति बेसार पाईरहेको छैन । ल्याटिन अमेरिकाबाट बढी बेसारको आयात गर्न खोजिरहेको छ उसले तर पाईरहेको छैन । हिजो एउटा कन्सेप्ट थियो, बेसार मसला मात्र हो भनेर, त्यस्तो होइन । यसले बासना दिनृे मात्र होइन । यसले स्वादमा परिवर्तन गर्ने मात्र होइन । अज्ञानता भएको ठाउँमा पनि खानेकुरामा नजर नलागोस् भनेर बेसार प्रयोग गर्ने चलन छ । बेसार हालेपछि नजर त लाग्न सक्दैन भने त्यहाँ किटाणुको के कुरा भयो । बेसारमा एन्टिबायोटिक तत्वहरू छन् भन्ने थाहा छैन । बेसारले क्यान्सर जस्तो रोगलाई निको पार्छ भन्ने कुरा थाहा पाएका छैनन् । यो ठुलो महत्वको कुरा हो । यस्ता कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ ।
कोरोना नियन्त्रण गर्न सरकार सफल हुन्छ ?
विश्व स्वास्थ्य संगठनको भविष्यवाणी छ, पछि अप्ठ्यारो समस्या आउन सक्छ । विश्वमा संक्रमण बढिरहेकै छ । संख्या घट्यो भने पनि बढिरहेको हुन्छ । हामीकहाँ यदि १००० दैनिक बढेको छ भने भोली ५०० दैनिक बढ्दा पनि त्यसै हिसाबम थपिने हो नि । हिजो १००० का दरले बढ्दा २५००० पुगेको थियो भने आज ५०० का दरले बढ्दाखेरि २५५०० थपियो नि । भोली ३०० का दरले बढ्दाखेृरि २५८०० भयो । अर्का दिन २०० का दरले थपिँदाखेरि २६००० पुग्यो । घट्न त घटिरहेको छ, १००० बाट २०० मा झ¥यो । तर टोटल काउन्टमा के छ भन्दा १००० बढेको छ फृेरि । त्यसकारण यस्तो हिसाबमा अलमलिनु हुँदैन हामी । किनभने प्रतिदिनको संख्या अहिले अधिक हुँदै गईरहेको छ । अहिले ठुला शहरहरूमा सबैभन्दा बढी संक्रमण देखिएको छ । यो भयावह कुरा हो ।
मोदी र तपाईबीचको वार्ता आइसब्रेक हो ? नेपाल-भारत सम्बन्धमा ?
आइस नै जमेको थिएन, के को ब्रेक ? आइस जमेको भए ब्रेक हुन्थ्यो ? मानिसहरूलाई के प¥यो भने यो हाम्रो भूमि पूर्वको जमिन हाम्रो भनेर भनिएको थियो । १८१६ देखि १९६२ सम्म १४६ वर्ष त्यो जमिनको हामीले भोगचलन पनि ग¥यौँ । यातायात, सञ्चार थिएन, त्यस्तो बेलामा हामीले भारत, चीन युद्धका बेला भारतले कालापानीमा फौज राखेको छ, त्यो धेरै पछि मात्र नेपालमा थाहा भयो । मेलेटरीको सञ्चार थियो भने पनि त्यहाँको उहाँहरूको सञ्चार, हामीलाई थाहा भएन । २००९ सालमा मातृकाप्रसाद कोइरालासँगको मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा १७ ओटा चेकपोस्ट खडा गरिएको थियो । उत्तरी सिमानामा त्यो एउटा लज्जाजनक कुरा थियो । हाम्रो सार्वभौमसत्ता, हाम्रो स्वाधीनताका लागि त्यो लज्जाजनक कुरा थियो । त्यस विषयमा कुरा उठाइयो र २०२६ सालमा त्यो फिर्ता भयो । त्यसबेलामा पनि कालापानीको चर्चा कसैले पनि गरेन ।
नियुक्तिमा मापदण्ड पु¥याएर गरिन्छ ?
सधैँ त्यही गरिएको छ ।
तर आफ्नै मान्छेहरूलाई काखी च्यापियो भनेर भन्नेहरू धेरै छन् नि ?
मैले कुन आफ्नो मान्छे नियुक्ति गरेँ ?
तपाईले गर्नुभएको छैन तर तपाईको पार्टीका नेताहरूले गरे नि त । ईश्वर पोखरेलको कुरा आयो, उहाँले सम्धीलाई गर्नुभयो त ?
उहाँको सम्धी उहिले पि.एच.डी गरेर प्रोफेसर भएर भि.सी. हुन पुग्नुभएको थियो । सम्धी हुनुभन्दा धेरै पहिले पि.एच.डी गर्नुभएको हो नि । प्रा.डा. भएको त सम्धी भएपछि होइन । सानै उमेरमा प्रोफेसर हुनेमध्येमा उहाँ पर्नुहुन्छ । उहाँ कम्पिटिशन लडेर आउनुभयो होला । ईश्वर पोखरेलसँग जोड्नुपर्ने कारण के भयो र ? मेरो मान्छे पनि कम्पिटिशनमा आयो त्यसैले म जाँचकी, मूल्याकंन, छनौट समितिमा बस्दिनँ किनभने यसमा मेरो मान्छे पनि सहभागी भयो । अर्को समिति बनाउनुस् भनेर तपाईले छोड्नुपर्छ । तर प्रतिस्पर्धा गर्ने उसको हकलाई रोक्न मिल्दैन ।
भ्रष्ट्राचार सरकारले ग¥यो भनेर मान्छेहरूले भनिरहेका छन् ?
भ्रष्ट्राचार कसरी ग¥यो ? यो हल्ला हो । मैले अख्तियारलाई भनेको छु, भ्रष्ट्राचारको चर्चा चल्नेबित्तिकै तपाईहरू छानविन गर्नुस् । कोही पनि दोषी पाइने बित्तिकै कारबाहीमा पर्छ । जस्तो तल्लो स्थानीय निकायमा पैसा पठाईयो, खोइ पैसा भनेर स्थानीय निकायमा पठाएको हो त्यो, घरघरमा त जाँदैन नि त्यो त । क्वारेन्टाइन, आइसोलेसन बनाउँदै छन्, खाना खुवाउँदै छन् । त्यसको हिसाबकिताब त आउने समय हुन्छ नि । अनि त्यो खोइ हिसाब किताब भनेको छ । ंउपचार गर्न थालौँ कि हिसाबकिताब गर्न थालौँ ?
१३ अर्ब खर्च भयो नि त, कहाँ कहाँ खर्च भयो भनेर हिसाब त आउनुप¥यो जनतालाई ?
लेखाप्रणाली छैन नेपालमा ? जतिखेर भन्यो, त्यतिखेर हिसाब मात्रै गरेर बसिरहन्छ कि क्या हो ? त्यो त लेखा सिस्टम, त्यसको भौचर, बिल राखिएको हुन्छ । ती सबै चीज राखेर पछि उपयुक्त समयमा त्यसको छानविन हुन्छ । आन्तरिक लेखाबाहेकका महालेखाले हेर्छ । बेरुजु गर्छ । कस्तो बेरुजु हो, सरकारले छानविन गर्छ । त्यो त पार्लियामेन्टमा समेत प्रस्तुत हुन्छ । पार्लियामेन्टको समितिले त्यसलाई हेर्छ । असुल उपर गराउनुपर्ने बेरुजु हो भने असुल उपर गराउनु भनेर तोकिएको हुन्छ । त्यसलाई फेरि छानविन गरेर कारबाही चलाईन्छ ।
संकट आयो गणतन्त्रमा, सम्माननीय प्रधानमन्त्रीज्यु ? देशले थेग्नै नसक्ने भयो ?
गणतन्त्रमा संकट कहाँ आयो ?
आक्रमण त सबैबाट भईरहेको छ नि त । पूर्वराजा ज्ञानेन्द्र लागिरहनुभएको छ नि ?
त्यो सबै नेताहरूको कुरा हो । कहाँ लागे पूर्वराजा ज्ञानेन्द्र शाह ? हिजो उनका पछि लागेर केही खान पाएकाहरूले केही बोल्नु भनेको, राणाशासनसम्म अहिले आइदिए हुन्थ्योसम्म भन्ने होलान् मान्छेहरू, पञ्चायत फर्किए हुन्थ्यो भन्ने अहिलेसम्म होलान् मान्छेहरू, त्यस्ता अवशेषहरू हुन्छन् । जनताले टिपेर मिल्क्याएको राजतन्त्र फेरि फर्काउँछन् भन्ने त्यस्तो आशा होला भन्ने लाग्दैन । अरू कसैले ल्याएर सत्तासीन गराईदिन्छ भन्ने यो त्यो युग पनि होइन । अहिले जनता सार्वभौमसत्तासम्पन्न छन् । अरू कसैले ल्याएर सत्तासीन गराईदिन्छन् भन्ने त्यो भ्रम पनि छ जस्तो मलाई लाग्दैन । अब त्यो भ्रम छ र त्यस्तो गतिविधिहरू देखियो भने त्यसलाई प्रतिगमनतिर जान्छ ।
नेताहरू देश र जनताप्रति उत्तरदायित्व निर्वाह गर्दैनन् । नेताहरूले राम्रो काम गरेनन् भन्ने जनगुनासो पनि छ ?
सबै उत्तिकै छन् कि छैनन्, के मापदण्ड गर्ने ? देश र जनताप्रति उत्तरदायी भएर त केही सकारात्मक कामहरू प्राप्त भएका छन् । नत्र कसरी प्राप्त हुन्छ ?