Logo

सामाजिक सञ्जालबारे बाबुरामको प्रतिबद्धता : आईलाग्ने र जाईलाग्नेहरुलाई नछोड्ने



काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले सामाजिक सञ्जालबारे आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले अरुबाट सिक्ने, आफूले जानेको बाँड्न, सत्य र न्यायको पक्षमा उभिने पनि जनाएका छन् । र, जाईलाग्ने र आईलाग्नेलाई नछोड्ने पनि उनले प्रतिबद्धता जनाए ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्-“Social Media बारे मेरो प्रतिबद्धता:१.अरूबाट सिक्ने,आफुले जानेको बाँड्ने;२.सत्य र न्यायको पक्षमा उभिने;३.शोषित/उत्पीडित/विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने;४.जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(tit for tat);५.बुझेर बुझ पचाउने ठग(crook)र नबुझ्ने/बुझ्ननचाहने मूर्ख(fool)देखि टाढै बस्ने!”



प्रतिक्रिया दिनुहोस्