Logo

उपत्यकाका तीनै जिल्लामा कोरोनाबाट मृत्यु (विवरणसहित)



काठमाडौं, १४ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौं उपत्यकामा तीनजनाको मृत्यु पुष्टि भएको छ । तीनवटै जिल्लामा एक-एक जनाको मृत्यु पुष्टि भएको हो ।

मृतकहरुमा काठमाडौं र भक्तपुरका वृद्धवृद्धा छन् भने ललितपुरका युवक छन् । आज उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा आज एकै दिन सर्वाधिक १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि हुँदा उपत्यकामा पनि मृतको संख्या वृद्धि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्याबारे पुष्टि गरेको हो ।

मृतकको विवरण
१. काठमाडौंकी ७२ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२. ललितपुरका २९ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
३. भक्तपुरका ६५ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि



प्रतिक्रिया दिनुहोस्