Logo

सीताराम हाछेथु ललितपुर नगर प्रहरीको कमाण्डर



ललितपुर, १४ भाद्र । लोकप्रीय पूर्व ट्राफिक प्रहरी अधिकृत सीताराम हाछेथुले ललितपुर महानगरपालिकाको नगर प्रहरीको कमाण्ड सम्हाल्ने भएका छन् । उनलाई महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।

नेपाल प्रहरीमा रही ट्राफिक व्यवस्थापनमा अब्बल प्रमाणित गरी सेवानिवृत्त जीवन बिताइरहेका हाछेथुलाई नयाँ जिम्मेवारी आएको हो । उनले ७२ जना नगर प्रहरीलाई नेतृत्व दिनेछन् ।

महानगरपालिकाले केही समय अघि नगर प्रहरी छनौट गरेको थियो । नगर प्रहरीलाई प्रभावशाली बनाउन पछिल्लो कदम चालिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्