Logo

बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग बन्द



वीरगञ्ज, भदौ १५। कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाइ गरेपछि बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग बन्द भएका छन् ।

प्रशासनले सवारीसाधन सञ्चालनको अनुमति नदिएपछि कोरिडोरका १५ ओटा यस्ता उद्योगले उत्पादन बन्द गरेको उद्योगीहरूले बताए ।

कामदारलाई उद्योगमै राखेर चलाउनुपर्ने भनेपछि उत्पादन बन्द गर्नुपरेको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए । ‘प्रशासनले सवारीसाधन चलाउन रोक लगाएको छ ।

सवारीसाधन चल्न नपाएपछि कामदार अभावमा उद्योग बन्द भएका हुन्,’ सञ्चालक राजभण्डारीले भने । क्वारेन्टाइनको व्यवस्था मिलाएर उद्योग चालाउन जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ ।

कोरिडोरका औषधि उद्योगका अधिकांश कामदार वीरगञ्जमा बस्छन् । उद्योगले कामदार ओसार्न पाएका छैनन् ।

बारा र पर्साका कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि गत साउन १० गतेयता निषेधाज्ञा लगाइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्