Logo

निषेधाज्ञामै झन् संक्रमण



काठमाडौं, १५ भाद्र । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए।

किन बढिरहेछ त संक्रमण रु जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड ९लक्षण देखिने समय० १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो। १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो। कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ। कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ। रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन। त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ।

शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुन निषेधाज्ञाको पालनासमेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन्। भन्छन्, ‘सरकारले के गरेन भन्ने प्रश्न उठाउनु आफ्नो ठाउँमा होला। संक्रमण वृद्धि हुन नदिन हामीले के गरिरहेका छौं भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ।’ कोरोना संक्रमण वृद्धि रोक्नु नागरिकको पनि कर्तव्य रहेको उनी बताउँछन्। कामको सिलसिलामा आवतजावत गर्नेहरूबाट पनि संक्रमण बढेको डा। मरासिनीको ठम्याइ छ।

चलायमान उमेरमा बढी संक्रमण

दैनिक कामकाजका लागि चलायनमान बन्नुपर्ने समूहमा कोरोना संक्रमण निकै बढेको पाइन्छ। काठमाडौं उपत्यकासँगै मुलुकभर आइतबार संक्रमितको संख्या वृद्धि भएपछि चिन्ता पनि थपिएको छ।

काठमाडौं उपत्यकाका साथै मोरङ, धनुषा, बारा, पर्सा, महोत्तरी, रौेतहट, सर्लाही, चितवन र रूपन्देही गरी १२ जिल्लामा संक्रमित बढी देखिएका छन्। यी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित उपचाररत रहेको प्रवक्ता गौतमले बताए।

सबैभन्दा बढी संक्रमित काठमाडौंमा पाइएको मन्त्रालयले जनाएको छ। यस्तै, प्रदेश १ का सीमावर्ती जिल्लामा बढी संक्रमित फेला परेका छन्। मोरङमा ४९, सुनसरीमा ३३ र झापामा ११ जना थपिएका छन्। त्यस्तै प्रदेश २ को धनुषामा ७५, पर्सामा ४६, बारामा ८२, महोत्तरीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ।

बागमतीमा प्रदेशमा काठमाडौंपछि चितवनमा ९० र काभ्रेपलाञ्चोकमा २५ जना छन्। सातै प्रदेशमध्ये गण्डकीमा संक्रमणदर न्यून देखिन्छ। सबैभन्दा बढी कास्की र गोरखामा ५÷५ संक्रमित थपिएका छन्।

प्रदेश ५ को रूपन्देहीमा ६१, कपिलवस्तुमा २५, नवलपरासिमा २१ र बाँकेमा १४ जना थपिएका छन्। सुदूरपश्चिम प्रदेशको बझाङमा ४७, डोटीमा ११ र कैलालीमा ६ जना नयाँ संक्रमित थपिएका छन्।

प्रवक्ता गौतमका अनुसार आइतबार ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो। २१ देखि ५० वर्ष उमेरको चलायमान समूहमा संक्रमण वृद्धि भएको मन्त्रालयले जनाएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्