Logo

सनी लियोन पछि नेहा कक्कड विश्वविद्यालय भर्ना



एजेन्सी, १५ भाद्र । बलिउड अभिनेत्री सनी लियोनी पछि चर्चित गायिका नेहा कक्कडको नाम बंगाल विश्वविद्यालयमा प्रवेश गरेको सुचीमा समावेश भएको छ । पश्चिम बंगालको मालदा जिल्लामा स्नातक पाठ्यक्रममा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुको सुची निकालिएको छ जसमा नेहा कक्कडको नाम रहेको छ । कलेजले भर्खरै मात्र बि.ए प्रथम वर्षको लागि सुची जारी गरेको हो ।

विशेष कुरा त नेहाको नाम एउटा मात्र कोर्षमा नभएर तीन वटा कोर्समा छ । उनको नाम बिए पास कोर्स, अंग्रेजी कोर्ष र शिक्षा कोर्षमा गरेर तीन ठाउँमा सुचित गरिएको छ । कलेजका प्रिन्सीपल अनिरुद्धले पश्चिम बंगाल सरकारको अनलाइन भर्ना प्रणालीको बदनाम गर्ने षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, अनलाइन सुची तयार गर्न कोलकताबाट एजेन्सी ल्याइएको हो उनले नै विद्यार्थीको नाम तयार गरेका हुन् जसमा ३ कोर्षको सुचीमा नेहा कक्कडको नाम पायौ, उनले ५ सय पुर्णाकंमा ५ यस नै प्राप्त गरेकी थिइन् । तर प्रशासनले आफैलाई चित्त नबेझुपछि साइबर अपराध र प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

यो भन्दा पहिला अभिनेत्री सनी लियोनीको नाम पनि यही विश्वविद्यालयको सुचीमा थियो । सनी लियोनीले पनि हास्दै यस विषयमा प्रतिक्रिया दिएकी थिइन् । हालसम्म भने नेहा कक्कडले यो विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।



प्रतिक्रिया दिनुहोस्